सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

प्राविधिक समस्याको जानकारी एपभित्रै दिने इन्स्टाग्रामको तयारी 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २६ २०७८
प्राविधिक समस्याको जानकारी एपभित्रै दिने इन्स्टाग्रामको तयारी 

एकसाता अघि इन्स्टाग्रामसहितका फेसबुकका तीनवटै प्लाटफर्म डाउन भएका थिए। डाउन भएको कुराको रिपोर्ट र जानकारी प्रयोगकर्ताले अरु सामाजिक सञ्जालमार्फत थाहा पाएका थिए। 

काठमाडौं- इन्स्टाग्रामले एपमा आउने प्राविधिक समस्याको जानकारी प्रयोगकर्ताहरूलाई एपमै दिने तयारी गरेको छ। 

अहिले सयुक्त राज्य अमेरिकामा परीक्षणका क्रममा रहेको यो फिचर्स छिट्टै संसारभरका प्रयोगकर्ताले पाउने इन्स्टाग्रामले जानकारी दिएको छ। 

एकसाता अघि इन्स्टाग्रामसहितका फेसबुकका तीनवटै प्लाटफर्म डाउन भएका थिए। डाउन भएको कुराको रिपोर्ट र जानकारी प्रयोगकर्ताले अरु सामाजिक सञ्जालमार्फत थाहा पाएका थिए। 

उक्त घटनापछि इन्स्टाग्रामले एपमा आउने प्राविधिक समस्याका बारेमा एपभित्रै प्रयोगकर्तालाई जानकारी दिने फिचर्स थप गर्न लागिएको इन्स्टाग्रामले जानकारी गराएको छ। 

यो फिचर्स आएपछि प्रयोगकर्ताले एपमा आउने समस्यामात्रै नभएर आफ्नो अकाउन्टमा हुने समस्याका बारेमा पनि जानकारी लिनसक्ने छन्। त्यसका लागि रिक्वेस्ट गर्नुपर्ने छ। 

प्रकाशित : मंगलबार, असोज २६ २०७८०६:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend