बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नेक्सन ईभीको रेन्ज टेस्ट : काठमाडौंमै ३४७ किमिसम्म रेन्ज दियो

आइतबार, पुस ३ २०७९
नेक्सन ईभीको रेन्ज टेस्ट : काठमाडौंमै ३४७ किमिसम्म रेन्ज दियो

सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको सह-आयोजनामा ‘नेक्सन इभी रेन्ज टेस्ट २०२२’ प्रदर्शनात्मक कार्यक्रम भएको हो। नेक्सन ईभी रेन्ज टेस्ट २०२२ नाम दिइएको यस अभियानमा टाटा नेक्सन ईभी हुने ग्राहकहरुको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो।

काठमाडौं- वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतिय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवद्र्धन गर्ने लक्ष्यसहित नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदीले विद्युतीय कार बिक्री गर्दै आएको छ। 

सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको सह-आयोजनामा ‘नेक्सन इभी रेन्ज टेस्ट २०२२’ प्रदर्शनात्मक कार्यक्रम भएको हो। नेक्सन ईभी रेन्ज टेस्ट २०२२ नाम दिइएको यस अभियानमा टाटा नेक्सन ईभी हुने ग्राहकहरुको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो।

नेक्सन ईभीले काठमाडौंका सडकमै ३४७ किमिसम्मको रेन्ज निकाल्न सफल सलिम श्रेष्ठ प्रथम भए भने ३३२ किमि रेन्ज निकालेर भरत पुडासैनी र अनिश कावरा दोश्रो हुन सफल भए। त्यसैगरी ३२१ किमि रेन्ज निकाल्न सफल तृप्ति सिंह तथा उदिप न्यौपाने तेस्रो स्थानमा रहे। 

कार्यक्रममा सहभागी मध्ये १४ जना ले ३०० किमि रेन्जभन्दा बढी निकाल्न सफल भएका थिए। 

यसै कार्यक्रम मार्फत उत्कृष्ट तरिकाले ईभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतिय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो। प्रथम स्थान प्राप्त गर्न सफल सलिम श्रेष्ठले सम्मान पदक र प्रमाण पत्रका साथ ४३ इन्चको सामसङ स्मार्ट एलईडी टीभी पाएका हुन्। 

त्यसैगरी दोश्रो स्थानमा रहेका भरत पुडासैनि र अनिश कावराले २८ लिटरको सामसङ ओभेन पाएका हुन्। तेश्रो स्थानमा रहने तृप्ति सिंह तथा उदिप न्यौपाने सामसङ भ्याकुम क्लिनर प्राप्त गरेका हुन्। 

विद्युतीय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतिय गाडीहरू प्रति ग्राहकवर्गको दुबिधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी दिए। 

NexonEV Range .JPG

पुस २ गते शनिबार सिप्रदी ट्रेडिङ नैकापबाट सुरु भएको कार्यक्रम कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, पुतलीसडक, जमल, दर्बारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, सुकेधारा, चाबहिल हुँदै हायात रेजेन्सी होटलमा पुगेर समापन गरिएको थियो। उक्त कार्यक्रममा ३४ भन्दा बढी नेक्सन ईभीको सहभागिता रह्यो।

हाल नेपालमा पनि विद्युतिय गाडीहरूको माग र खपत दिनानुदिन बढ्दै गएको छ। नेपाली बजारमा टाटा नेक्सन ईभी ग्राहकहरुले सबैभन्दा धेरै रुचाएको गाडी हो। नेपालमा यसको लोकप्रियता बढेसँगै कम्पनीले ग्राहकहरुको सुविधाको लागि अरु मोडलका एसयूभी तथा सेडान गाडीहरूलाई समेत ईभीमा ल्याउने तयारी भइरहेको जानकारी समेत गराएको छ। उच्च ग्राउन्ड क्लियरेन्स र अत्याधुनिक विशेषताले भरिएकाले टाटाको नेक्सन ईभी तथा अन्य विद्युतीय कार लोकप्रिय रहेका छन्। 


प्रकाशित : आइतबार, पुस ३ २०७९११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend