बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

भक्तपुरलाई आधार बनाएर ईभीमा आक्रामक हुँदै जी मोटर्स, एकैपटक विलिङका १० विद्युतीय कार लिएर बिक्री थाल्यो

शुक्रबार, पुस १ २०७९
भक्तपुरलाई आधार बनाएर ईभीमा आक्रामक हुँदै जी मोटर्स, एकैपटक विलिङका १० विद्युतीय कार लिएर बिक्री थाल्यो

जी मोटर्सलाई स्थापित व्यवसायिक संस्थाको रुपमा ७ वर्षमै १ सय जनाभन्दा बढीलाई रोजगार दिँदै २ हजारभन्दा बढी कार तथा जिपहरु नेपाली बजारमा बिक्री गर्न सफल भएको छ।

काठमाडौं- विगत ७ वर्षदेखि अटोमोबाइल व्यवसायमा रहेको जी मोटर्स र यस अन्तर्गतको जी ईभी नेपालले विद्युतीय सवारी बिक्रीलाई प्राथमिकतामा राखेको छ। कम्पनीले भक्तपुरलाई आधार बनाएर विद्युतीय सवारीको बिक्रीलाई प्राथमिकता दिएको हो।

विभिन्न ब्रान्डका कारको स्थानीय डिलरको रुपमा काम गर्दै आएको जी मोटर्सले ठूलो संख्यामा कार बिक्री गर्दै आएको छ। जी मोटर्सलाई स्थापित व्यवसायिक संस्थाको रुपमा ७ वर्षमै १ सय जनाभन्दा बढीलाई रोजगार दिँदै २ हजारभन्दा बढी कार तथा जिपहरु नेपाली बजारमा बिक्री गर्न सफल भएको छ।

हाल देशभर जी मोटर्सका १० भन्दा बढी कम्पनीका आफ्नै शोरुम तथा आउटलेटबाट सवारीसाधन बिक्री गर्दै आएको छ। विभिन्न ब्रान्डको बिक्रीलाई हेर्ने हो भने समग्र कार तथा जिप बिक्रीको ७.५ प्रतिशत हिस्सामा सहयोगी बनेका दाबी जी मोटर्सले गरेको छ।

अटोमोबाइल व्यवसायलाई आफ्नो प्यासन बनाएका युवा अटो व्यवसायी तथा जी मोटर्सका एमडी कैलाशबाबु गेलालले हाल नेपाली बजारमा आधा दर्जनभन्दा बढी ब्रान्डका सवारी स्थानीय डिलरमार्फत बिक्री गर्दै आएका छन्। अटोमोबाइल बजारमा १७ वर्षभन्दा लामो अनुभव हासिल गरेका गेलालको जी मोटर्सले पारिवारिक ब्यापारको रुपमा रेनो, किया, इसुजु, दिगोका विद्युतीय माइक्रो, ग्रेटवाल एवंम् हावाल, लेभनिङका विद्युतीय स्कुटरको बिक्री गरिरहेको छ।

यी नै अनुभवलाई आधार बनाएर जी मोटर्सले हालै नेपाल भित्रिएको इन्डोनेसियामा निर्मित विलिङ ब्रान्डका मिनी एयर ईभीको स्थानीय डिलरको रुपमा विद्युतीय कार बिक्री सुरु गरेको छ। जी ईभी नेपाल ईभी मोटर नेपाल प्रालिको पहिलो स्थानीय डिलरका रुपमा समेत नियुक्त भएको हो।

gelala fst wuling.jpg

हालै नेपाली बजारमा आएको विलिङ एयर ईभी १० थान एकै पटक खरिद गरी भक्तपुरमा डिलर लिएर बिक्री सुरु गरेको जी मोटर्सका एमडी कैलाशबाबु गेलालले बताए। ‘विश्वसनीय विलिङ ब्रान्डको विद्युतीय कार नेपाली बजारमा आएको र भविष्यको सवारी विद्युतीय हुने निश्चित भएकाले हामीले उपभोक्ताले खोजेजस्तै कार उपलब्ध गराउन लागि परेका हौं,’ गेलालले भने, ‘वातावरणमैत्री विद्युतीय जो दुईपांग्रे छाडेर कार किन्न चाहने तथा अरुलाई समेत उपयुक्त हुने भएकाले हामीले विलिङ ब्रान्डका कारको स्थानीय डिलर बनेका हौं।’

ईभी नेपाल मोटर्सले आधिकारिक बिक्रेताको रुपमा नेपाल भित्र्याएको विलिङका एयर ईभीले एकपटकको फुल चार्जमा २ सयदेखि ३ सय किलोमिटर रेन्ज दिनेछ। विलिङका कार ४ घण्टामा फुल चार्ज हुने दाबी गरिएको छ। यो कारमा कम्पनीले ८ वर्षको वारेन्टी दिएको छ। दुई भेरियन्टमा उपलब्ध विलिङ एयर ईभीको मूल्य २४ लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

हालैमात्र नेपाल भित्रिएको नयाँ प्रडक्टलाई आफ्नो बिजनेस कन्फिडेन्स किन बनाए भन्ने बारे यस्तो छ गेलालको प्रतिक्रिया :

मैले अटोमोबाइल क्षेत्रको बारेमा जागिर खाने सिलसिलामा झान्डै ९ वर्ष सिप्रदी ट्रेडिङ प्रालिमा कार विभागमा काम गर्दै उक्त विभागको प्रमुख भएर निर्वाह गरेको अनुभव र मेहनतको रुपमा टाटा ब्रान्डका सबै खाले कार सँगै विश्वमा चिनिएको अत्यन्तै सानो ‘नानो कार’ जुन बेला बिक्री र प्रवर्धन गर्ने अवसर पाए मेरो नेपाली अटो बजारसँग एउटा गहिरो नाता गाँसियो। सम्पुर्ण बजारलाई नजिकबाट अध्ययन र अनुसन्धान गरी जस्तो सुकै कार तथा अटोमोबाइल उत्पादनलाई बिक्रीमा कसरी सफल हुन सकिन्छ भन्ने तरिका बुन्न सफल भए। 

यसै प्रसंगमा मलाई नानो बिक्री भएको नेपाली बजारमा अहिले ईभी कारहरुको दिन प्रतिदिन बढी रहेको माग र क्रेजलाई कसरी सम्बोधन गर्न सकिन्छ र बिक्रीमा उछाल ल्याउन सकिन्छ भन्ने अनुभव र बिक्री कन्फिडेन्सको रुपमा विलिङ एयर ईभी कारलाई लिएको छु। नयाँ आएको ब्रान्ड भएपनि यसबो विशेषता र नेपाली उपभोक्ताले खोजेकै जस्तो कार भएकाले यसलाई कसरी नसोचेको बिक्री हासिल गर्न सकिन्न भन्नेमा मेरो ध्यान केन्द्रित भएको छ। 

एउटा नयाँ चुनौतीलाई स्वीकार गर्दै सही कदमका रुपमा मैले एकै चोटी हाम्रो जी ईभी नेपाल मार्फत १० वटा कार एकै पटक खरिद गरी बिक्री गर्ने निर्णय लिएको हुँ। यो कारले चीनमा विश्वकै सर्वाधिक बिक्री हुनेमा रेकर्ड कायम गर्न सफल भएको छ।

नेपाल आएको यो मिनी ईभी कार युरोपियन गुणस्तरको इन्डोनेसियामा बनेर आएका हुन्। यसको भित्र र बाहिरको लुक्सले जो कोहीलाई एकै नजरमा आकर्षित गराई कारमा बसेर यात्रा गर्नका लागी लालायित बनाउँछ। यस कुराको प्रमाण पछिल्लो समय छ हजारभन्दा बढी सोधपुछ र ३० भन्दा बढी बुकिङले नैै प्रमाणित गर्दछ।

gelal ev.jpg

नेपालमा अहिले विभिन्न ब्रान्डका इभी कारहरु बिक्री भइरहेका छन् जस्मा विलिङ ईभी २५ लाख रुपैयाँदेखि र अन्य ब्रान्डका १ करोड रुपैयाँभन्दा बढीका पनि छन्। तर नेपाली बजार अबको अवश्यक्तालाई बुझ्ने हो भने अफोर्डेबल मूल्यका विद्युतीय कार र कमर्सियल सवारी नै जरुरी भएको छ। देशको विद्यामान अवस्थालाई हेर्ने हो भने अब अत्याधिक प्रयोगमा दैनिक जीवनमा आउने ईभीलाई ज्याद प्रमोशन गर्नु पर्ने छ न कि धेरै मूल्यका ईभी। कम मूल्यका ईभीको बिक्रीले वतावरण र विद्युत खपतमा उछाल नै ल्याउँछ।

अब आम मानिसका आँगनमा एउटा यस्तो ईभी कार उभिने छ त्यो हो विलिङ मिनी एयर ईभी। हामीले यसलाई एउटा क्रान्तीको रुपमा स्वीकार गरी बिक्रीको प्रवर्धन र वतावरण सृजनामा लागि पर्ने बेला आएको छ।

सरकारले ईभी प्रवर्धन भनेकै भरमा ढुक्क भएर बस्ने अवस्था नि छैन। अब सरकार, सम्बन्धित निकायले पछिल्ला वर्षमा के कस्तो नीति र पूर्वाधार विकास गरेका छ त्यसको समेत मूल्यांकन गर्ने समय आएको छ। होइन भने ईभी नारामै र लोकप्रियताको गफमा मात्रै सीमित हुनेछ।

विद्युतीय सुवारी प्रवर्द्धनका लागि सरकारले दीर्घकालिन योजाना बाएर हरेक ईभी प्रडक्टलाई सस्तो ब्याजदर र सहुलियत ऋण सुविधा उपलब्ध गराउनु पर्छ।

मैले विलिङ ब्रान्ड र नेपाल ल्याउने कम्पनीको बारेमा उपयुक्त विश्लेषण पश्चात यो ब्रान्डलाई प्रवर्धन गर्ने निर्णयमा पुगेको हुँ। ब्रान्ड नेपाल ल्याउने कम्पनी पूर्णतः व्यवसायिक र प्रोफेशनलबाट सञ्चालित र प्रडक्ट तथा बजारलाई राम्रोसँग बुझेका टिम भएको हुँदा आफूसँग जोडिने पार्टनर ‘व्यवसायिक’ पाएकाले थप उत्साहित भएर लागेको हो।


प्रकाशित : शुक्रबार, पुस १ २०७९०९:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend