बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

टाटा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प र एक्सचेन्ज क्याम्प आयोजना हुँदै 

बिहीबार , मंसिर २९ २०७९
टाटा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प र एक्सचेन्ज क्याम्प आयोजना हुँदै 

यस सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्पमा रिकन्डिसन्ड गाडी खरिद गर्ने ग्राहकहरुले १ निःशुल्क सर्भिस कुपन पनि प्राप्त गर्नेछन्।

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आफ्नो नैकाप स्थित कार्यालयमा यही पुस १, २ र ३ गते एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ। बिहान १० बजेदेखि ५ बजेसम्म, टाटा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प र एक्सचेन्ज क्याम्प आयोजना हुने कम्कपनीले जनाएको छ। 

यस सेल्स तथा एक्सचेन्ज क्याम्पमा विभिन्न रिकन्डिसन्ड मालवाहक गाडीहरु (एस, योद्धा जस्ता कमर्सियल गाडी) खरिद गर्न सकिनेछ भने जुनसुकै ब्रान्डका अरु कमर्सियल गाडीसँग टाटा मोटर्सका नयाँ एस, योद्धा, इन्ट्रा वा मिनी-ट्रक एक्सचेन्ज गर्न सकिनेछ।

बजारमा फाइनान्स सुविधा पाउन वा धेरै लगानी गर्न चुनौति भइरहेको अवस्थामा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प मार्फत ५० प्रतिशतको सहज फाइनान्स सुविधा र कम लागतमा नयाँ जस्तै पर्फर्मेन्स दिने रिकन्डिसन्ड गाडी प्राप्त हुने हुँदा ग्राहकवर्गहरु उत्साहित हुने विश्वास लिइएको छ। यस सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्पमा रिकन्डिसन्ड गाडी खरिद गर्ने ग्राहकहरुले १ निःशुल्क सर्भिस कुपन पनि प्राप्त गर्नेछन्।

यस्तै टाटा मोटर्सले प्रदान गर्ने अतिरिक्त सुविधा प्राप्त गर्न र टाटा मोटर्सका सुन्तुष्ट परिवारको वृहत संजालमा समावेश हुन चाहने महानुभावहरुका लागि एक्चेन्जको पनि व्यवस्था गरिएको छ जसमा ग्राहकहरुले जुनसुकै ब्रान्डका पुराना कमर्सियल गाडी लिएर आउन सक्ने छन्। 

त्यसरी आएका गाडीहरुको भ्याल्युएसन गराइ सोही सेग्मेन्टका टाटाका नयाँ गाडी (एस, योद्धा, इन्ट्रा वा मिनी-ट्रक) उपभोक्ताले लिन सक्ने छन्। यस क्याम्पमा ग्राहकहरुले आफ्नो गाडीको उत्कृष्ट भ्यालुएसन पाउने छन् भने  हरेक भ्यालुएसनमा आकर्षक उपहार पनि प्राप्त गर्ने छन्। यसका साथै ग्राहकहरुको मनोरंजनका लागि अन्य आकर्षहरु पनि राखिएको छ।


प्रकाशित : बिहीबार , मंसिर २९ २०७९०५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend