बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

टाटा मोटर्सका विद्युतीय र पेट्रोलियम दुवै कारको सर्भिस अब नैकापबाट पनि

बुधबार, मंसिर २८ २०७९
टाटा मोटर्सका विद्युतीय र पेट्रोलियम दुवै कारको सर्भिस अब नैकापबाट पनि

त्यसको लागि आवश्यक दक्ष जनशक्ति तथा पूर्वाधारको पनि तयारी पूरा भइसकेको छ।

काठमाडौैं- टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले अब नैकापबाट पनि ‘पेसेन्जर’ सेगमेन्टका गाडीहरुको सेवा (पीभी सर्भिस) सुरुवात गर्ने भएको छ। प्यासेन्जर कारको बिक्री बढ्दै गएसँगै उपभोक्तालाई सहज र सहल रुपमा सेवा उपलब्ध गराउन नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ। 
पछिल्लो समय यस सेगमेन्टका उत्पादनहरुको बजार व्यापक रुपमा विस्तार भइरहेको र यसै तथ्यलाई मध्यनजर गर्दै ग्राहकहरुलाई प्रभावकारी एवं उत्कृष्ट सेवा/सुविधा प्रदान गर्ने उद्देश्यले पीभी सर्भिस वर्कसप अझै थप्दै ग्राहक सेवाको विस्तार गर्ने थालनी गरिएको सिप्रदीले जनाएको छ। 

यस अन्तर्गत आइसी इन्जिन भएका (इन्धनबाट सञ्चालन हुने) मात्र नभई  विद्युतीय (ईभी) दुवै प्रकारका गाडीहरुको मर्मत सम्भार गरिनेछ। त्यसको लागि आवश्यक दक्ष जनशक्ति तथा पूर्वाधारको पनि तयारी पूरा भइसकेको छ।

‘टाटा ब्राण्डका ईभीहरुको नेपालमा लोकप्रियताको बढोत्तरीसँगै सिप्रदीले आफ्ना ग्राहक सेवा केन्द्रहरुमा यस गाडीको लागि आवश्यक पूर्वाधार विकास गरिरहेको छ,’ कम्पनीले भनेको छ। 

सिप्रदीले नेपालभर आफ्ना २२ भन्दा बढी ग्राहक सेवा केन्द्रहरुबाट उच्चस्तरीय सेवा/सुविधा प्रदान गर्दै आइरहेको छ। पछिल्लो समय टाटा मोटर्सका प्यासेन्जर कारको बिक्री सिप्रदीले उल्लेख्य रुपमा बढाउँदै लगेको छ। 


प्रकाशित : बुधबार, मंसिर २८ २०७९०५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend