बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

भारत आइपुग्यो १२ सय किमि रेन्ज दिने मर्सिडिजको विद्युतीय कार, ४७ इन्चको डिस्प्लेसहित यस्ता छन् विशेषता

बुधबार, मंसिर २८ २०७९
भारत आइपुग्यो १२ सय किमि रेन्ज दिने मर्सिडिजको विद्युतीय कार, ४७ इन्चको डिस्प्लेसहित यस्ता छन् विशेषता

सर्वाधिक इफिसियन्ट ईक्यूएक्सएक्स ईभी भिजन २०२३ बाट बिक्रीका लागि उत्पादन गर्ने दाबी कम्पनीले गरेको छ।

काठमाडौं- जर्मन विलाशी कार निर्माता कम्पनी मर्सिडिज बेन्जले आकर्षक डिजाइनसहित नयाँ विद्युतीय कार भारतमा 'भिजन ईक्यूएक्सएक्स' सार्वजनिक गरेको छ। हाइपर-इफिसियन्ट विद्युतीय कार जसले एक पटकको फुल चार्जमा १ हजार २ सय  किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ। 

मर्सिडिज बेन्ज भिजन ईक्यूएक्सएक्स कन्सेप्ट ईभी भारतमा सार्वजनिक भएको हो। यो विलाशी विद्युतीय कारले १ हजार २ सय किलोमिटर माइलेज दिने र ४७.५ इन्चको डिजिटल डिस्प्ले हुनेछ। 

मर्सिडिज बेन्जले ल्याएको यो कार हालसम्म कन्सेप्टमै रहेको छ। सर्वाधिक इफिसियन्ट ईक्यूएक्सएक्स ईभी भिजन २०२३ बाट बिक्रीका लागि उत्पादन गर्ने दाबी कम्पनीले गरेको छ। कन्सेप्टमै आधारित विशेषता कारमा उपभोक्ताले पाउने विश्वास मर्सिडिजले दिलाउन खोजेको छ।  

मर्सिडिजले ल्याउने सो कारले एकपटकको फुल चार्जमा १२ सय २ किलोमिटर रेन्ज दिने छ। यो हालसम्म कुनैपनि कम्पनीको ब्रान्डले दाबी नगरेको विद्युतीय सवारीको माइलेज हो। 

ईक्यूएक्सएक्स विद्युतीय कारमा १ सय केडब्लूएचको ब्याट्री प्याक हुनेछ भने यसको तौल जम्मा ४ सय ५० किलोग्राम मात्र छ। ब्याट्रीमात्र होइन यो कारको छतमा मर्सिडिजले १ सय १७ वटा सोलार सेल समेत जडान गर्नेछ। यो सोलार प्यानलको सहायताले कारले थप २५ किलोमिटर रेन्ज दिनेछ। 

मर्सिडिजले यो कारको इन्टेरियर अद्भुत बनाएको छ। ईक्यूएक्सएक्समा ४७.५ इन्चको एटके डिजिटल डिस्प्लेट जडान गरेको छ। कारको ड्यासबोर्ड तथा सिट अतिरिक्त विलाशी हुने जिकिर कम्पनीले गरेको छ। 

ईक्यूएक्सएक्समा रेयर-माउन्टेड इलेक्ट्रिक मोटर जडान गरिएको छ जसले २ सय ४ पीएस पावर जेनेरेट गर्नेछ। 

मर्सिडिज बेन्जले गत वर्ष ईक्यूएक्सएक्स भिजन पहिलोपटक सार्वजनिक गरेको थियो। यो मर्सिडिजको अल्ट्रा-इफिसियन्ट परियोजना अन्तर्गत सबै विद्युतीय सवारीमात्र बनाउने तयारीमा जुटेको छ। गत वर्ष पहिलो पटक योजना सार्वजनिक गर्दा १२ सय किलोमिटर रेन्जको कार ल्याउने बताएको थियो। 

मर्सिडिज बेन्जले पछिल्लो पटक भनेअनुसार १ हजार किलोमिटरभन्दा बढी रेन्ज दिने विद्युतीय कार सार्वजनिक गरेमा यो नै विश्वको धेरै माइलेज दिने पहिलो कार हुनेछ। मर्सिडिजले केही समयअघि सार्वजनिक गरेको ईक्यूएसमा भन्दा नयाँ आउने कारमा ब्याट्री सेल २० प्रतिशत बढी हुने जनाएको छ।

भारतमा ईक्यूएक्सएक्स विद्युतीय कार उत्पादन भइ बिक्रीमा आएमा यसले ठूलै संख्यामा बिक्री पाउने अनुमान गरिएको छ। बिक्रीका लागि बजारमा आएमा यो कार नेपाली बजारमा समेत अनउने अनुमान गरिएको छ। 


प्रकाशित : बुधबार, मंसिर २८ २०७९०९:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend