आइतबार, जेठ ६ गते २०८१    
images
images

परराष्ट्रको हस्तक्षेपछि एनआरएनएको विश्व सम्मेलन तथा निर्वाचन स्थगित

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २५ २०७८
images
images
परराष्ट्रको हस्तक्षेपछि एनआरएनएको विश्व सम्मेलन तथा  निर्वाचन स्थगित

गैरआवासीय नेपाली संघ (एनआरएनए) महाधिवेशन तथा विश्व सम्मेलन अनिश्चतकालका लागि स्थगित भएको छ।

images
images

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) महाधिवेशन तथा विश्व सम्मेलन अनिश्चतकालका लागि स्थगित भएको छ।

images
images
images

परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पत्र पठाउँदै चार बुँदे निर्देशन दिएपछि आइतबार बसेको  एनआरएएनको बैठकले तत्कालका लागि महाधिवेशन र विश्व सम्मेलन स्थागित गर्ने निर्णय गरेको हो। 

images

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले पठाएको पत्रमा संघका केही राष्ट्रिय समन्वय समिति (एनसीसी)हरुको निर्वाचन तथा महाधिवेशन प्रतिनिधि (डेलिगेट्स)  चयनमा विधान विपरित काम भएको उल्लेख छ।

images
images

विधान विपरित नियमावली बनाइएको र सो नियमावली अनुसार गरिएका काम स्वतः अवैधानिक हुने भनेपछि एनआरएनएले चुनावका कार्यक्रम स्थगित गरेको हो। 

images
images

एनआरएनएले अक्टोवर २३ देखि २५ सम्मका लागि विश्व सम्मेलन तथा महाधिवेशन गर्ने मिति तय गरेको थियो। सोमबार विज्ञप्ती जारी गर्दै तत्कालका सवै कार्यक्रम स्थिगित भएको घोषणा गरेको छ। 


प्रकाशित : सोमबार, असोज २५ २०७८०८:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend