बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

महिन्द्राको स्कर्पियो एनले सेफ्टी रेटिङमा पायो फाइभ स्टार, आयात प्रतिबन्ध हटेकाले अब नेपाल आउने

मंगलबार, मंसिर २७ २०७९
महिन्द्राको स्कर्पियो एनले सेफ्टी रेटिङमा पायो फाइभ स्टार, आयात प्रतिबन्ध हटेकाले अब नेपाल आउने

स्कर्पियो एनले एडल्टमा फाइभ स्टार पाएको हो। महिन्द्राका सवारीले सुरक्षामा फाइभ स्टार पाएसँगै धेरै मानिसले थप सुरक्षित कार चढ्ने अवसर पाएका छन्। 

काठमाडौं- भारतीय सवारी उत्पादक महिन्द्राले उत्पादन गरेको चर्चित एसयूभी स्कर्पियो एनले सुरक्षा परिक्षणमा फाइभ स्टार पाएइको छ। महिन्द्राले केही महिनाअघि सार्वजनिक गरेको स्कर्पियोको नयाँ भर्सन ‘स्कर्पियो एन’ ग्लोबल एनव्याप सेफ्टी रेटिङमा फाइभ स्टार पाएको हो। 

ग्लोबल एनक्याप टेस्टमा सहभागि हुनैका लागि न्युनतम दुई एयरब्याग र एन्टिलक ब्रेकिङ सिस्टम हुनैपर्छ। यी बाहेक सुरक्षाका लागि सवारीमा अन्य धेरै विशेषता समावेश हुनुपर्छ। 

स्कर्पियो एनका चालक तथा कोचालकको टाउको तथा घाँटी सुरक्षा राम्रो रहेको र छातिको सुरक्षामा भने औषत रहेको ग्लोबल एनक्यापले उल्लेख गरेको छ। स्कर्पियो एनको साइड टेस्ट पनि राम्रै रहेको छ। साइड इम्प्याक्ट टेस्टमा स्कर्पियो एनले १७ मा १६ अंक पाएको छ। 

महिन्द्रा स्कर्पियो एनको नतिजा बारे ग्लोबल एनक्यापका महासचिव एलेजान्द्रो फुरासले स्कर्पियो एनले ग्लोबल एनक्याप सेफ्टी रेटिङमा फाइभ स्टार पाएकोमा महिन्द्रालाई बधाइ भनेका छन्। स्कर्पियो एनले एडल्टमा फाइभ स्टार पाएको हो। महिन्द्राका सवारीले सुरक्षामा फाइभ स्टार पाएसँगै धेरै मानिसले थप सुरक्षित कार चढ्ने अवसर पाएका छन्। 

महिन्द्राको स्पर्कियो एसयूभी भारत तथा नेपाल दुवै बजारमा लोकप्रिय रहेका छन्। अफरोड यात्राका लागि स्कर्पियो निक्कै उपयोगी मानिन्छ। 

आगामी वर्ष भारत एनक्याप समेत सार्वजनिक हुँदै छ। हाल ग्लोलब एनक्याप युरो, अस्ट्रेलियालगायतका नाममा परिक्षण हँदै आएको छ। 

महिन्द्राका प्यासेन्जर सवारी नेपाली बजारमा अग्नी समूह अन्तर्गतको अग्नी इनकर्पोरेटेडले आधिकारिक रुपमा भित्र्याउँदै आएको छ। महिन्द्रा स्कर्पियो एन भारत, नेपाल तथा अन्य देशमा केही महिनाअघि एकै पटक सार्वजनिक भएको थियो। तर नेपालमा सरकारले पेट्रोलियम पदार्थबाट चल्ने कारको आयातमा प्रतिबन्ध लगाएकाले हालसम्म बिक्रीका लागि स्कर्पियो एन आउन सकेको छैन। 

सरकारले गएको साता पुस १ देखि सवारीलगायतका केही वस्तुको आयात प्रतिबन्ध फुकुवा गरेकाले छिट्टै स्कर्पियो एन नेपाली बजारमा आउने छ। 

महिन्द्रा एन्ड महिन्द्राले पहिलो पटक २००२ मा स्पर्कियो सार्वजनिक गरेको थियोर त्यसको ठीक दुई दशकपछि अर्थात २०२२ मा महिन्द्राले नयाँ स्कर्पियो सार्वजनिक गरेको हो।

स्कर्पियोको डिजाइनका साथै लोगो समेत नयाँ भएर आएको छ। यो कार महिन्द्राले भातर, नेपाल तथा दक्षिण अफ्रिकी बजारमा एकै साथ सार्वजनिक गरेको थियो। महिन्द्राले स्कर्पियोको नाम पनि स्कर्पियो एन राखेको छ। 

स्कर्पियो एनमा भएको डिजाइन र विशेषताले मिडसाइज एसयूभी किन्न चाहने उपभोक्तालाई आकर्षित गर्ने महिन्द्रा एन्ड महिन्द्राले जनाएको छ। स्कर्पियो एनबाट समेत महिन्द्रा एन्ड महिन्द्राले ठूलै अपेक्षा राखेको छ। त्यसैले यो कार भारत, नेपाल दक्षिण अफ्रिकामा एकैपटक सार्वजनिक गरिएको हो। नेपाल स्कर्पियोको राम्रो बजार हो। बाटो सुहाउदो, शक्तिशाली र तुलनात्मक रुपमा सस्तो एसयूभी भएकाले स्पर्पियो धेरै नेपालीको रोजाइमा परेको हो। 

स्कर्पियो एन आएपनि महिन्द्राले केही परिमार्जन गरेर पुरानो भर्सनको स्कर्पियोको बिक्रीलाई पनि निरन्तरता दिएको छ। 

स्कर्पियो एनका मुख्य विशेषता 

स्कर्पियो एनलाई यसको प्रभावशाली उपस्थिति, हेडटर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी–सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको छ। स्कर्पियो एनको सुरवातले महिन्द्राको नयाँ भिजुअल आइडेन्टिटीको अनावरणलाई संकेत गर्दछ, कम्पनीको एसयूभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको छ। ‘ट्विन पिक’ लोगोका खास विशेषता त्यो साहसिक नयाँ दिशाको प्रतिनिधित्व गर्दछ जसलाई महिन्द्राले नयाँ युगका उत्पादनहरूबाट आरम्भ गरेको छ। 

इटालीको पिनिनफरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस), मुम्बईमा डिजाइन गरिएको र अमेरिकामा रहेको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर (एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमहरूद्वारा इन्जिनियरिङ गरिएको एवं पुणेको अत्याधुनिक विश्वस्तरीय सुविधामा निर्मित स्कर्पियो एन साँच्चिकै एक वैश्विक उत्पादन भएको दाबी कम्पनीको छ।

ठूलो, बलवान, शक्तिशाली, अत्याधुनिक सुरक्षा र प्रविधिले भरिएको, स्कर्पियो एन नामकरणलाई यो तथ्यलाई प्रतिनिधित्व गर्नको लागि ध्यानपूर्वक छनोट गरिएको थियो। नयाँ युगको प्रामाणिक एसयूभी खोज्नेहरुका लागि नयाँ स्कर्पियो एनलाई इञ्जिनियरिङ गरिएको कम्पनीको विश्वास छ।

न्यू थर्ड जेनेरेसनको बडी-अन-फ्रेम प्लेटफर्ममा निर्माण गरिएको स्कर्पियो एनले अग्रणी वर्ग संरचनात्मक कठोरता, अफरोड क्षमता र उदाहरणीय अनरोड पर्फरमेन्सले यसको उचाइ बढाउने छ। स्कर्पियो एनमा १४९.१४ किलोवाट (२०० पीएस) पावर र ३८० एनएम टेर्क उत्पादन क्षमताको टीजीडीआई एमस्टालियन पेट्रोल इन्जिन रहेको छ।

त्यस्तै १२८.६ किलोवाट (१७५ पीएस) पावर र ४०० एनएम टकको एमहक डिजेल इन्जिन रहेको छ। दुवै भर्सनमा म्यानुअल र अटोमेटिक ६ स्पीड ट्रान्समिसन र फोरव्हील ड्राइभ विकल्पमा उपलब्ध छ।


प्रकाशित : मंगलबार, मंसिर २७ २०७९०४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend