बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

टाटा मोटर्सको इन्जिन क्येर क्याम्प सुरु 

सोमबार, मंसिर २६ २०७९
टाटा मोटर्सको इन्जिन क्येर क्याम्प सुरु 

सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारीक सर्भिस सेन्टरहरुमा पुस १५ गतेसम्म उक्त क्याम्प संचालनमा रहने छ।

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नयाँ क्याम्पेन सुरु गरेको छ। सिप्रदीले नयाँ प्रविधियुक्त गाडीहरुलाई विशेष रुपमा चेक जाँच, मर्मत तथा संभार गरी गाडीको कार्य क्षमता वृद्धि गर्ने नयाँ क्याम्पेन सुरु गरेको हो। 

यसबाट ग्राहकहरुलाई प्रत्यक्ष रुपमा फाइदा दिने उदेश्यले सिप्रदीले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको लागि इन्जिन क्येर क्याम्पको आयोजना गरेको हो। २०७९ मंसिर २६ गते टाटा मोटर्स कस्टमर क्येर सार्क रिजन हेड वेंकटेश आलबलले एक समारोहबीच उक्त क्याम्पको सुरु गरेका हुन्। 

यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरुको ६२ प्वाइन्ट निःशुल्क चेकजाँच, स्पेयर पार्टस्मा १५ प्रतिशतदेखि कम्पनीले तोकिएका पार्टस्हरुमा ५० प्रतिशतसम्मको छुट दिने छ।

त्यस्तै ल्युव्रिकेन्टमा २० प्रतिशत छुट, लेवर चार्जमा २५ प्रतिशत छुट, तथा चालकहरुका लागि नयाँ प्रविधिका गाडीहरुमा गर्नु पर्ने तथा गर्न नहुने कामहरुबारे निःशुल्क तालिमको सुविधा प्रदान गरेको छ।

सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारीक सर्भिस सेन्टरहरुमा पुस १५ गतेसम्म उक्त क्याम्प संचालनमा रहने छ।


प्रकाशित : सोमबार, मंसिर २६ २०७९१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend