बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

२१ सयभन्दा बढी विद्युतीय स्कुटर बिक्री गरिसकेको एनआईयूको नयाँ शोरुम बौद्धमा

सोमबार, मंसिर २६ २०७९
२१ सयभन्दा बढी विद्युतीय स्कुटर बिक्री गरिसकेको एनआईयूको नयाँ शोरुम बौद्धमा

इको इन्फिनिटीले २०१७ देखि नेपाली बजारमा एनआईयूका विद्युतीय स्कुटर बिक्री गर्दै आएको छ। 

काठमाडौं- विद्युतीय स्कुटर ब्रान्ड एनआईयूले काठमाडौंको बौद्धमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। विद्युतीय स्कुटरको माग बढ्दै गएको र उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउने उद्देश्ले बौद्धमा नयाँ शोरुम खुलेको हो। 

एनआईयूको नेपालका लागि आधिकारिक बिक्रेता इओ इन्फिनिटी प्रालिले आफ्नो नेटवर्क विस्तार गर्ने क्रममा बौद्धमा नयाँ शोरुम खोलेको जनाएको छ। इको इन्फिनिटीले २०१७ देखि नेपाली बजारमा एनआईयूका विद्युतीय स्कुटर बिक्री गर्दै आएको छ। 

नेपाल भित्रिएको ५ वर्षमा एनआईयूका २१ सयभन्दा बढी ग्राहक भइसकेको कम्पनीले जनाएको छ। नेपाली उपभोक्तालाई वातावरणमैत्री सवारी उपलब्ध गराउने उद्देश्यले इको इन्फिनिटीले विद्युतीय सवारी बिक्री गर्दै आएको हो। 

हाल एनआईयूले बुटवल, बिर्तामोड र पोखरा लगायतको सहरमा शोरुम सञ्चालन गरिरहेको छ। बौद्धमा शोरुम सञ्चालनमा ल्याउने क्रममा इको इन्फिनिटीले यही महिना भक्तपुर, टेकु तथा इटहरीमा शोरुम सञ्चालनमा ल्याउने जनाएको छ। 

एनआईयूका विद्युतीय स्कुटर उच्च प्रविधिमैत्री रहेका छन्। उत्कृष्ट माइलेजसहित लिथियम आयत ब्याट्री भएको एनआईयूका विद्युतीय स्कुटर नेपाली उपभोक्तामाझ लोकप्रिय रहेको छ। आगामी दिनमा एनआईयूका नयाँ उत्पादन नेपालमा ल्याउने इको इन्फिनिटीले जनाएको छ। 


प्रकाशित : सोमबार, मंसिर २६ २०७९११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend