शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

तरलता अभाव चुलिएपछि सेयरदेखि सुन धितोसम्मको कर्जामा कडाइ

images
सोमबार, असोज २५ २०७८
images
images
तरलता अभाव चुलिएपछि सेयरदेखि सुन धितोसम्मको कर्जामा कडाइ

तरलता अभाव बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तियसंस्थाहरुले प्रवाह गर्ने कर्जा प्रवाहमा कडाई गरेको छ।

images
images

काठमाडौं- तरलता अभाव बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तियसंस्थाहरूले प्रवाह गर्ने कर्जा प्रवाहमा कडाइ गरेको छ।

images
images
images

राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै बैंक तथा वित्त कम्पनीले प्रयोजन नखुलाइ माग हुने कर्जामा कडाइ गरेको हो। निर्देशनसँगै अब बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत कर्जा ५० लाख रुपैयाँसम्म मात्र प्रवाह गर्न पाउने छन्। सेयर धितोमा समेत कर्जा प्रयोजनको खर्च गर्ने नखुलाए ५० लाख रुपैयाँ मात्रै प्रवाह गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो। 

images
images

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन, २०७७ लाई संशोधन/परिमार्जन थप व्यवस्था गर्दै सो परिपत्र जारी गरेको हो। यसअघि नै राष्ट्र बैंकले निश्चित प्रयोजन नखुलेका ओभर ड्राफ्ट, सवारी धितो, सम्पत्ति धितो, व्यक्तिगत आवधिक कर्जा, सेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत जुनसुकै शीर्षकका व्यक्तिगत कर्जाहरू प्रति ५० लाख रुपैयाँ मात्र कर्जा दिन निर्देशन दिएको थियो।

images
images
images

त्यस्तै मुद्दती निक्षेप रसिद, सुन चाँदी र नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको ऋणपत्रको धितोमा शत प्रतिशतसम्म बैंकहरूले कर्जा प्रवाह गर्न पाउने व्यवस्था समेत खारेज गर्दै ५० लाखको सीमा तोकेको छ। ५० लाखभन्दा बढी प्रवाह गर्न परेमा प्रयोजन खुलाउनु पर्ने निर्देशन राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। 

यो पनि : तरलता अभाव - विगतकै निरन्तरता कि नयाँ कारण?  


प्रकाशित : सोमबार, असोज २५ २०७८०६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend