बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

ईभी नेपाल मोटर्सले ल्यायो नयाँ विद्युतीय कार, ३ सय किलोमिटर रेन्ज, यस्ता छन् विशेषता 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २२ २०७९
ईभी नेपाल मोटर्सले ल्यायो नयाँ विद्युतीय कार, ३ सय किलोमिटर रेन्ज, यस्ता छन् विशेषता 

विलिङका कार युवालाई लक्षित गरेर उपयुक्त मूल्यमा नेपाल आएको पूर्वबैंकर अनिलकेशरी शाहले बताए। नेपालकै पानीबाट निकालिएको बिजुलीबाट चल्ने र राम्रो रेन्जका विद्युतीय कार आएकाले अब यसलाई प्राथमिकता दिनु पर्ने उनको भनाइ छ।

काठमाडौं- ईभी नेपाल मोटर्सले नेपाली बजारमा नयाँ विद्युतीय कार सार्वजनिक गरेको छ। कम्पनीले इन्डोनेसियामा बनेको बिलिङ ब्रान्डको विद्युतीय कार एयर ईभी ल्याएको हो।

बिलिङ ब्रान्ड चिनियाँ सवारी उत्पादक समूह एसएआईसी अन्तर्गतको हो। यो कार चीनमा सर्वाधिक बिक्री हुने विद्युतीय कारमा पर्छ।
ईभी नेपाल मोटर्सले दुई पांग्रे विद्युतीय सवारी बिक्री गर्दै आएकोमा अब विद्युतीय कार ल्याएको छ। विलिङका एयर ईभी विद्युतीय कारले एकपटकको फुल चार्जमा २ सयदेखि ३ सय किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। बिलिङका कार ४ घण्टामा फुल चार्ज हुने दाबी गरिएको छ। यो कारमा कम्पनीले ८ वर्षको वारेन्टी दिएको छ।

आउँदा दिनमा विद्युतको खपत बढाने हो त्यसमा विद्युतीय सवारीको राम्रो योगदान हुने भएकाले विद्युतीय सवारीको प्रयोग बढाउनु पर्ने नेपला विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङले बताए। एक महिनाको इन्धनको लागतले विद्युतीय सवारीका लागि १२ देखि १४ महिना सवारी चलाउन पुग्ने हिसाबले देखाएको घिसिङले बताए।

विलिङका कार युवालाई लक्षित गरेर उपयुक्त मूल्यमा नेपाल आएको पूर्वबैंकर अनिलकेशरी शाहले बताए। नेपालकै पानीबाट निकालिएको बिजुलीबाट चल्ने र राम्रो रेन्जका विद्युतीय कार आएकाले अब यसलाई प्राथमिकता दिनु पर्ने उनको भनाइ छ।

विद्युतीय कार ढुक्क भएर चलाउन सक्ने आधार कुलमान घिसिङले सृजना गरेको नाडाका अध्यक्ष ध्रुव थापाले बताए। विद्युतीय कारको प्रयोग बढ्दै गएको र सरकारले यसलाई प्राथमिकता दिनु पर्ने उनको भनाइ छ। 'धेरै ब्रान्डहरू आउँदा गुणस्तरको विषयमा चासो भने दिनुपर्ने अवस्था छ,' थापाले भने, 'यसका बावजुत धेरै रेन्ज दिने बिलिङजस्ता ब्रान्डले विद्युतीय कार प्रयोगलाई बढाउने छ।'

एयर ईभीमा भ्वाइस कमान्डिङ विशेषता रहेको छ। नेपाली उपभोक्ताले खरिद गर्न सक्ने मूल्यका साथ विशेषताले भरिएको विद्युतीय कार ल्याएको कम्पनीका एजीएम एनके सरदले जानकारी दिए। ईभी नेपाल मोटर्सले २४ सै  घण्टा सेवा उपलब्ध गराउने गरि तयार रहेको सरदको भनाइ छ। त्यस्तै कम्पनीले बिहीबार बिलिङको कारसहित नक्सालमा थ्रीएस सेवा भएको शोरूम पनि उद्घाटन गरेको हो।

बिलिङ एयर ईभीको मूल्य २४ लाख ९९ हजारदेखि ३० लाख ९९ हजार रुपैयाँ तोकेको छ।


प्रकाशित : बिहीबार , मंसिर २२ २०७९०८:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend