बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

टोयोटाले ‘बीजेड’ सिरिजमा ५ नयाँ विद्युतीय कार ल्याउने, विद्युतीय सवारी बिक्री ५० प्रतिशत पुर्‍याउने

बिहीबार , मंसिर २२ २०७९
टोयोटाले ‘बीजेड’ सिरिजमा ५ नयाँ विद्युतीय कार ल्याउने, विद्युतीय सवारी बिक्री ५० प्रतिशत पुर्‍याउने

युरोपले २०४० सम्म कार्बन न्युट्रल हुने प्रतिबद्धता जनाइरहेको छ। त्यहीअनुसार युरोपमा सवारी बिक्री गर्ने उत्पादकहरुले विद्युतीय सवारी उत्पादनमा केन्द्रित हुन थालेका छन्।

काठमाडौं- बिक्रीका आधारमा संसारको सबैभन्दा ठूलो सवारी उत्पादक कम्पनी टोयोटा पनि विद्युतीय सवारी बिक्रीमा आक्रामक हुने भएको छ। कम्नीले २०२६ भित्र बीजेड नेमप्लेटमा पाँच वटा नयाँ विद्युतीय कार ल्याउने घोषणा गरेको छ। 

टोयोटाले युरोपेली बजारमा २०३० भित्र ५० प्रतिशत विद्युतीय सवारी बिक्री गर्ने बताएको छ। युरोपले २०४० सम्म कार्बन न्युट्रल हुने प्रतिबद्धता जनाइरहेको छ। त्यहीअनुसार युरोपमा सवारी बिक्री गर्ने उत्पादकहरुले विद्युतीय सवारी उत्पादनमा केन्द्रित हुन थालेका छन्।

टोयोटाले केही समयअघि ब्याट्रीमा आधारित विद्युतीय कार बिजेडफोरएक्स सार्वजनिक गरेको थियो। उक्त कारमा समस्या आएपछि टोयोटाले पुनः परिमार्जन गरेर ल्याएको छ। त्यस्तै टोयोटाले गएको महिना अमेरिकाको लस एन्जलसमा भएको एलए अटो शोमा नयाँ बीजेड कन्सेप्ट समेत सार्वजनिक गरेको थियो। 

हालै भएको टोयोटाको वार्षिक किनशीकी फोरममा विद्युतीय सवारी सम्बन्धमा धेरै रक्षात्मक रणनीति ल्याएको थियो। यसमा विशेष गरि युरोपलाई बढी केन्द्रित गरिएको इलेक्ट्रिक डटकोले लेखेको छ। उक्त फोरममा आगामी वर्ष ल्याउने साना तथा एसयूभी सेगमेन्टका विद्युतीय कारको टिजर समेत प्रस्तुत गरिएको थियो। 

टोयोटाको यो घोषणासँगै युरोपको २०४० मा कार्बन न्युट्रल हुने घोषणा कार्यान्वनका लागि टोयोटासमेत लयमा आएको बुझाइ धेरैको छ। 

विद्युतीय कार उत्पादनमा टोयोटा किन अन्य कम्पनी सरह पनि लम्किएन भन्ने प्रश्न संसारभ उठिरहेको छ। संख्यात्मक हिसाबको जापानी कार उत्पादक कम्पनी टोयोटा संसारकै ठूलो कार उत्पादक हो। टोयोटा संसारभरका मध्यमवर्गीहरुको विश्वासिलो कार कम्पनीसमेत हो।

अन्य सबैजसो कार उत्पादकहरुले विद्युतीय कार उत्पादनलाई उच्च प्राथमिकता दिइ रहँदा टोयोटा किन मौन छ भन्ने प्रश्न उठ्नु स्वभाविक पनि हो। टोयोटाले तत्काललाई हाइब्रिड प्रविधिलाई नै प्राथमिकता दिनु पर्ने जिकिर गर्दै आएको छ। टोयोटा हाइब्रिड प्रविधिमा अग्रणी कम्पनी हो।  

हाइब्रिडलाई प्राथमिकता दिनुपर्ने बताइरहेको टोयोटाले सोलिड-स्टेट सेल (ब्याट्री)को पेटेन्ट दर्तामा भने छलाङ मारेको छ। टोयोटाले सोलिड-स्टेट सेल ब्याट्रीसँग सम्बिन्धित १ हजार ३ सय ३१ वटा पेटेन्ट राइट दर्ता गरेर राखेको छ।  

जापानी कार उत्पादकहरुले २०२५ देखि सोलिड-स्टेट ब्याट्रीमा आधारिक कार बिक्री गर्ने यसअघि नै बताइ सकेका छन्। यो ब्याट्री मुख्य गरि हाइब्रिड कारमा प्रयोग हुनेछ। अन्य पूर्णविद्युतीय कारमा समेत सोलि-स्टेट ब्याट्री प्रयोग गर्ने बारे अनुसन्धान भइरहेको छ। 

निक्की एसियाका अनुसार सोलिड-स्टेट ब्याट्री अहिलेको लिथियम आयन सेलको तुलनामा चार गुणा बढी महँगो हुनेछ। विधिन्न अध्ययनहरुले पनि यो ब्याट्री त्यति फिजिवल नहुने बताएका छन्। टोयोटाले सोलिड-स्टेट सेलको लागत घट्ने दाबी गर्दै आएको छ।

यसका बाबजुत संसारले स्वीकार गरिसकेको विद्युतीय सवारी उत्पादनमा जसरी पनि जापुपर्ने बाध्यता टोयोटालाई मात्र होइन सबै कार उत्पादक कम्पनीलाई छ। विश्व कार बजारमा एकछत्र राज गरिरहेको टोयोटाले बजारको आवश्यकता र मागलाई समयानुकुल सम्बोधन नगरेमा उसको सर्वाधिक बिक्री हुने कार ब्रान्डको ताज अन्य कम्पनीले लैजाने छन्। 

नेपाली बजारमा पनि टोयोटाका कार बिक्री हुँदै आएको छ। पेट्रोलियम र हाइब्रिड दुवै कार उपलब्ध छन्। यद्यपी विद्युतीय कार भने नेपाल आइसकेको छैन। उत्पादन बढ्दै जाँदा उपलब्धता समेत बढ्ने र टोयोटाका विद्युतीय कार नेपाली बाजरमा आउने छन्।

टोयोटाले विद्युतीय कार तथा ब्याट्री उत्पादनका लागि विभिन्न देशहरुमा अर्बौं डलर लगानीको घोषणा समेत गरिसकेका छ। यसका बावजुत वातावरणविज्ञहरुले भने टोयोटाले आवश्कताअनुसार शून्य प्रदूषण सवारीमा ध्यन नदिएको भन्दै आलोचना गर्दै आएका छन्। 


प्रकाशित : बिहीबार , मंसिर २२ २०७९१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend