सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

एमसीसी अन्तर्गत बन्ने सडकको क्षेत्राधिकार खाली गर्न निर्देशन

मंगलबार, मंसिर २० २०७९
एमसीसी अन्तर्गत बन्ने सडकको क्षेत्राधिकार खाली गर्न निर्देशन

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने धानखोलादेखि शिवखोला सडक खण्डको सडक केन्द्रबाट दायाँबायाँ ३१/३१ मिटर भित्र रहेका संरचना तथा अन्य सामाग्री हटाउन भनेको हो।

काठमाडौं- एमसीसी परियोजना अन्तर्गत बन्ने दाङ खण्डमा पर्ने पूर्वपश्चिम राजमार्गको सडकको क्षेत्रधिकार भित्र पर्ने सडकको संरचना हटाउन सूचना जारी भएको छ। सडक डिभिजन दाङले उक्त सूचना जारी गरेको हो। 

संंघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने धानखोलादेखि शिवखोला सडक खण्डको सडक केन्द्रबाट दायाँबायाँ ३१/३१ मिटर भित्र रहेका संरचना तथा अन्य सामाग्री हटाउन भनेको हो। कार्यालयले मंगलबार एक सूचना प्रकाशित गरि १५ दिनभित्र हटाउन भनेको छ। 

१५ दिनभित्र त्यस्ता संरचना नहटाए सडक डिभिजन दाङले नै हटाउने र हटाउँदा लाग्ने शुल्कसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट नै भराउने सूचनामा उल्लेख छ। एसीसी अन्तर्गत स्तरोन्नती हुने सडकमा पूर्वपश्चिम राजमार्गमा पर्ने धानखोलादेखि शिवखोला सडक खण्ड छनोट भएको थियो। 


प्रकाशित : मंगलबार, मंसिर २० २०७९०५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend