बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

टाटा मोटर्सले भारतमा बेच्यो ३५ हजार नेक्सन ईभी, महिन्द्रा एक्सयूभीले ४०० दिनसक्छ टक्कर

नेपालमा पहिलो रोजाइ र सर्वाधिक बिक्री हुनेमा नेक्सन ईभी

मंगलबार, मंसिर २० २०७९
टाटा मोटर्सले भारतमा बेच्यो ३५ हजार नेक्सन ईभी, महिन्द्रा एक्सयूभीले ४०० दिनसक्छ टक्कर

नेक्सन ईभी रेगुलर र प्राइम भर्सनमा समेत उपलब्ध छ। त्यस्तै टाटाले नेक्सन ईभीको डार्क एडिसन पनि बिक्री गरिरहेको छ। सस्तो मूल्यमा सुविधासम्पन्न विद्युतीय एसयूभी भएकाले भारत तथा नेपालमा नेक्सन ईभी धेरैको रोजाइमा रहेको छ। 

काठमाडौं- टाटा मोटर्सले भारतमा मात्र ३५ हजार वटाभन्दा बढी नेक्सन ईभी बिक्री गरेको तथ्यांक सार्वजनिक भएको छ। विद्युतीय कार बिक्रीमा भारत तथा नेपालमा टाटा मोटर्स अग्रणी स्थानमा रहेको छ। 

टाटा नेक्सन ईभीकै आकार र उस्तै रेन्जमा अर्को भारतीय सवारी उत्पादक कम्पनी महिन्द्राले पनि विद्युतीय कार ल्याउँदै छ। महिन्द्राले नेक्सन ईभीसँगै प्रतिस्पर्धा हुनेगरि एक्सयूभी ४०० ईभी ल्याउने घोषणा गरिसकेको छ। अबको केही समयमा बिक्रीका लागि बजारमा आउने एक्सयूभी ४०० ले नेक्सन ईभीलाई बिक्री संख्यामा कसरी भेट्टाउन सक्ला भन्ने बहस भारतीय मिडियामा सुरु भएको छ। 

महिन्द्राले एक्सयूभी ४०० ईभीको स्पेक सार्वजनिक गरेअनुसार नै यो कारले प्रत्यक्ष रुपमा नेक्सन ईभीसँगै प्रतिस्पर्धा गर्ने देखिएको हो। टाटा मोटर्सले नेक्सन ईभी बिक्री सुरु गरेको करिब ३ वर्ष पुग्ने समयमै महिन्द्राले एक्सयूभी ४०० ईभी बिक्रीका लागि सार्वजनिक गर्ने तयारी गरेको छ। 

महिन्द्राले ल्याउने एक्सयूभी ४०० ईभीमा ३९.४ केडब्लूएचको ब्याट्री प्याक हुनेछ जसले एकपटकको फुल चार्जमा ४ सय ५६ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। यता टाटाको नेक्सन ईभी म्याक्समा ठूलो आकारको ४०.५ केडब्लूएचको ब्याट्री प्याक रहेको र यसले ४ सय ३७ किलोमिटर रेन्ज दिने दाबी रहेको छ। 

नेक्सन ईभी म्याक्सको ब्याट्री शून्यबाट ८० प्रतिशत चार्ज हुन ५६ मिनेट लाग्ने छ। यता एक्सयूभी ४०० ईभीको ब्याट्र शून्यबाट ८० प्रतिशत चार्ज हुन ५० मिनेटमात्र लाग्ने बताइएको छ। कार सार्वजनिक भइनसकेकाले यसको स्वतन्त्र पुष्टि हुन भने बाँकी नै छ। 

नेक्सन ईभी रेगुलर र प्राइम भर्सनमा समेत उपलब्ध छ। त्यस्तै टाटाले नेक्सन ईभीको डार्क एडिसन पनि बिक्री गरिरहेको छ। सस्तो मूल्यमा सुविधासम्पन्न विद्युतीय एसयूभी भएकाले भारत तथा नेपालमा नेक्सन ईभी धेरैको रोजाइमा रहेको छ। 

महिन्द्राको एक्सयूभी ईभीमा रहेको मोटर्सले १ सय ५० पीएस पावर र ३ सय १० एनएम टर्क जेनेरेट गर्छ। यो कारले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ८.३ सेकेन्टमा तय गर्ने दाबी गरिएको छ। यता नेक्सन ईभी म्याक्समा रहेको मोटरले १ सय ४३ पीएस पावर र २ सय ५० एनएम टर्क जेनेरेट गर्छ। त्यस्तै नेक्सन ईभी प्राइममा रहेको मोटरले भने १ सय २९ पीएस पावर र २ सयउ ४५ एनएम टर्क जेनेरेट गर्छ। नेक्सन ईभी म्याक्सले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ९.९ सेकेन्डमा तय गर्नेछ। 

नेपाली बजारमा टाटा नेक्सन सर्वाधिक बिक्री हुने विद्युतीय कार हो। नेक्सन ईभीको उपलब्धता बढेसँगै टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले उपभोक्ताले चाहेअनुसार नै खरिद गर्न सक्ने बताएको छ। सिप्रदीले टाटाको नेक्सनका साथै टिगोर ईभी पनि बिक्री गर्दै आएको छ। 

भारतमा सार्वजनिक हुने अन्तिम तयारीमा रहेको टियागो ईभी त्यहाँ बिक्रीका लागि आएसँगै नेपालमा पनि उपलब्ध हुने छ। यो कारको पर्खाईमा धेरै विद्युतीय सवारी मनपराउनेहरु रहेको छन्। महिन्द्रको विद्युतीय सवारी भने पहिलो ईटूओ आएकोमा अहिले बन्द भएको छ। अब भारतमा एक्सयूभी ४०० ईभी आएसँगै नेपालमा पनि महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इनपर्कोरेटेडले उपलब्ध गराउने छ। 


प्रकाशित : मंगलबार, मंसिर २० २०७९०४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend