बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

ओएसएमका विद्युतीय तीन पांग्रे सवारी नेपाली बजारमा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १८ २०७९
ओएसएमका विद्युतीय तीन पांग्रे सवारी नेपाली बजारमा

सन् २०३१ सम्म पूर्ण विद्युतकीरणको अभियानमा रहेको नेपालका लागि यी साधान सहयोगी हुने ओमेगा सेकी मोबिलिटीका संस्थापक अध्यक्ष उदय नारङले बताए।

काठमाडौं- ओमेगा सेकी मोबिलिटी (ओएसएम) का तीनपांग्रे सवारी नेपाली बजारमा आएका छन्। एमएडब्लू वृद्धी कमर्सियल भेहिकल प्रालिले ओएसएमका  दुई भेरियन्ट नेपाली बजारमा ल्याएको छ।

ओएसएमका यात्रुबाहक र कार्गो विद्युतीय तीनपांग्रे साधन नेपाल ल्याउनका लागि एमएडब्लू वृद्धीले सम्झौता गरेको छ।

ओएसएम रेजप्लस  विद्युतीय तीनपाङ्ग्रे कार्गो सवारी साधन हो।  यसमा १०.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यात्रुबाहक विद्युतीय तीनपांग्रे  ओएसएम स्ट्रिममा ८.५ किलोवाट आवरको पावरप्याक रहेको छ।

दुवै गाडीको ७.४ किलोवाटको पावर र मोटरमा ४५ एनएम पीक टर्क उत्पादन गर्छ । रेजप्लस र स्ट्रिम दिगो ऊर्जामा चल्ने सवारीसाधनमा आकर्षित हुँदै गरेका उद्यमीहरू र साना व्यवसाय गर्ने अपरेटरहरूका लागि  उत्तम बिकल्प भएको कम्पनीले जनाएको छ।

6.jpeg

रेजप्लस र स्ट्रिमको तौल ब्याट्रीसहित ६०० केजी छ भने गाडीको कूल वजन १,००० किलो छ ।

यी साधान नेपालको उत्सर्जनरहित सवारीसाधानको अभियानमा महत्वपूर्ण योगदान गर्ने एमएडब्लूका प्रबन्ध निर्देशक विवेक सिकरियाले बताए।

'नेपाली बजारमा रेजप्लस र स्ट्रिमको सुरुवातले दिगो र उत्सर्जनमुक्त सवारी साधन लिने विचार गरिरहेका उपभोक्ताहरूको चाहना पूरा गर्नेछ' उनले भने।

सन् २०३१ सम्म पूर्ण विद्युतकीरणको अभियानमा रहेको नेपालका लागि यी साधान सहयोगी हुने ओमेगा सेकी मोबिलिटीका संस्थापक अध्यक्ष उदय नारङले बताए।

3.jpeg

'नेपाल सरकार सवारीसाधनले सिर्जना गर्ने वायुप्रदुषण न्यूनीकरणका लागि यस क्षेत्रमा सन् २०३१ सम्म पूर्ण विद्युतीकरणको लक्ष्य लिएर सक्रिय भएको छ । संयोगवश, वायु प्रदूषणको समस्याले नेपाललाई यति धेरै सताएको छ कि नेपालको ६० प्रतिशत वायुप्रदूषणको उत्पत्ति यातायात क्षेत्रका कारण भएको छ । ओमेगा सेकी मोबिलिटी प्रदुषण विरुद्धको सरकारको लडाईको एक हिस्सा बन्न चाहन्छ र अत्याधुनिक, पहुँचयोग्य विद्युतीय सवारीसाधन ल्याई काठमाडौंमात्र नभई सम्पूर्ण नेपाललाई स्वच्छ, हरियाली र दिगो राष्ट्र बनाउन सघाउनेछ' उनले भने।

ओएसएम रेजप्लस र ओएसएम स्ट्रिम दुवै ४ घण्टाभित्र घरमै सजिलै चार्ज गर्न सकिने कम्पनीले जानकारी दिएको छ। पूर्ण चार्जले तीनपाङ्ग्रे मालवाहक (रेजप्लस) १२० किमी र तीनपाङ्ग्रे यात्रुवाहक सवारी (स्ट्रिम) ९५ किमीको यात्रा गर्छन्।


प्रकाशित : आइतबार, मंसिर १८ २०७९१२:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend