बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

घोषणाको पाँच वर्षपछि टेस्लाले ल्यायो 'विद्युतीय सेमी ट्रक'

सोमबार, मंसिर १९ २०७९
घोषणाको पाँच वर्षपछि टेस्लाले ल्यायो 'विद्युतीय सेमी ट्रक'

यसको मूल्य १ लाख ५० हजार अमेरिकी डलरबाट सुरु हुने बताइएको छ।  

काठमाडौं- अमेरिकी अटोमोबाइल निर्माता कम्पनी टेस्लाले विद्युतीय सेमी ट्रक ल्याएको छ। प्रोटोटाइप सार्वजनिक गरेको पाँच वर्षपछि पहिलो उत्पादन ग्राहकलाई हस्तान्तरण गरेको हो। टेस्लालले पहिलो सेमी ट्रक पेप्पसिको सहायक खाद्य कम्पनीलाई आपूर्ति गरेको हो। 

विद्युतीय कारमा नाम कमाएको टेस्लाले सन् २०१७ मा पहिलोपटक विद्युतीय सेमी ट्रकको प्रोटोटाइप सार्वजनिक गरेको थियो। त्यतिबेला टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले सन् २०१९ बाटै उत्पादन सुरु हुने घोषणा गरेका थिए। 

टेस्साले यो विद्युतीय सेमी ट्रक अन्य सवारीको तुलनामा केही फरक छ। चालक सिट मध्यभागमा रहेको छ। अन्य सवारीको जस्तो दायाँ बायाँ छैन। 

टेस्लाले यो ट्रकको प्रदर्शन जिवाष्म इन्धनबाट चल्नेको तुलनामा शक्तिशाली रहेको कम्पनीको दाबी छ। चलाउन सरल, शक्तिशाली प्रदर्शन यसको मुख्य विशेषता रहेको मस्कले उल्लेख गरेका छन्। 

'डिजेल ट्रकजस्तो बहुगेयर ट्रान्समिसन छैन। यो अरु ट्रकको तुलनामा चलाउन पनि सजिलो छ' हस्तान्तरण कार्यक्रममा मस्कले भनेका छन्। 

semi.jpg

एकपटकको चार्जमा ८ सय किलोमिटर चलाउन मिल्ने दाबी गरिएको यो ट्रकमा तीनवटा विद्युतीय मोटर छन्। यसमा रहेका तीनमध्ये एउटा ब्याट्रीले ट्रक चलाउने र अरु दुईले एक्सिलेरेसन र हार्डपुलिङमा काम गर्छन्। ट्रकले ४० टनसम्म तौल बोकेर गुड्ने दाबी गरिएको छ। 

कम्पनीले यो ट्रकको ब्याट्री चार्ज गर्नका लागि नयाँ चार्जिङ प्रविधिको विकास गरिएको दाबी गरेको छ। कम्पनीकाअनुसार यसका लागि नयाँ 'मेगावाट अल्ट्रा फास्ट चार्जर' बनाइएको र यसबाट तीब्र चार्ज हुनेछ। ३० मिनेटमा ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीले दाबी गरेको छ। 

यसको मूल्य १ लाख ५० हजार अमेरिकी डलरबाट सुरु हुने बताइएको छ।


प्रकाशित : सोमबार, मंसिर १९ २०७९०३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend