बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

याडिया ई-स्कुटर खरिदमा २० हजार छुट, गोलाप्रथाबाट तीनजनालाई पुरस्कार 

पूराना साधनसँग एक्सचेन्ज पनि गर्न पाइने 

आइतबार, मंसिर १८ २०७९
याडिया ई-स्कुटर खरिदमा २० हजार छुट, गोलाप्रथाबाट तीनजनालाई पुरस्कार 

अफर अन्तर्गत प्रत्येक ग्राहकले २० हजार रुपैयाँ छुट पाउने भएका छन्। 

काठमाडौं- याडियाका ई-स्कुटरको खरिदमा ग्राहकले छुट पाउने भएका छन्। याडियाका स्कुटरका लागि नेपालको आधिकारिक वितरक कुजु नेपालले फिफा विश्वकप २०२२ को अवसरमा विभिन्न अफर ल्याएको छ। 

अफर अन्तर्गत प्रत्येक ग्राहकले २० हजार रुपैयाँ छुट पाउने भएका छन्। 

योसँगै तीनजना ग्राहकले विशेष पुरस्कार पाउने छन्। जसमा पहिलो हुनेले एलजीको यूएचडी फोरके टीभी, दोस्रो हुनेले एलजीकै एलईडी टीभी र तेस्रोले एजलीको रेफ्रिजेरेटर पाउने भएका छन्। 

पुरस्कारको तय गोलाप्रथाबाट हुने कम्पनीले जानकारी दिएको छ। याडियाले कुनै पनि ब्रान्डका स्कुटर तथा बाईकसँग एक्सचेन्जको अफर पनि ल्याएको छ।  


प्रकाशित : आइतबार, मंसिर १८ २०७९०५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend