सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

कलंकी-महाराजगञ्ज चक्रपथ विस्तारका लागि १५ दिनभित्र संरचना हटाउन निर्देशन 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १६ २०७९
कलंकी-महाराजगञ्ज चक्रपथ विस्तारका लागि १५ दिनभित्र संरचना हटाउन निर्देशन 

आजबाट १५ दिनभित्र उक्त क्षेत्रको संरचनाहरु हटाई / उठाई सडक सीमा खाली नगरे योजना आफैले हटाउने चेतावनी दिएको छ। 

काठमाडौं- कलंकी- महाराजगञ्ज चक्रपथ विस्तारका लागि सडक क्षेत्रमा रहेका संरचना हटाउन चक्रपथ सुधार योजनाले निर्देशन दिएको छ। 

सडक विभाग अन्तर्गतको योजनाले निर्धारित ठाउँमा रहेका सबै प्रकारका संरचना हटाउन निर्देशन दिएको हो। 

चिनियाँ अनुदान सहायतामा विस्तार हुने यो सडकका लागि दायाँ-बायाँ दुवैतर्फ ३१-३१ मिटरसम्मको सडकको सीमा निर्धारण गरिएको छ। यसरी निर्धारण गरिएको क्षेत्रमा रहेका स्थायी वा अस्थायी संरचना ( मन्दिर / घर / टहरा / घुम्ती विग्रिएका सवारीसाधन / हार्डवेयरका पसल सामान तथा अन्य प्रकृतिका पसल) तत्काल खाली गर्न योजनाले निर्देशन दिएको छ। 

आजबाट १५ दिनभित्र उक्त क्षेत्रको संरचनाहरु हटाई / उठाई सडक सीमा खाली नगरे योजना आफैले हटाउने चेतावनी दिएको छ। 

सार्वजनिक सूचना जारी गर्दै योजनाले भनेको छ,'सूचनालाई अटेर गरी उक्त संरचनाहरु नहटाएमा सार्वजनिक सडक ऐन २०३१ को दफा १८ बमोजिम राइट अफ वे खाली गर्न नियमानुसार भत्काई हटाईनेछ । त्यसरी भत्काई हटाउँदा लाग्ने खर्च सम्बन्धित संरचना धनीसँग सरकारी बाँकीसरह असुलउपर गरिने व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराईन्छ।' 


प्रकाशित : शुक्रबार, मंसिर १६ २०७९०६:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend