शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट निर्वाचित

बिहीबार , मंसिर १५ २०७९
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट निर्वाचित

काठमाडौं-पूर्वअर्थमन्त्री तथा हाल सञ्चार एवं सूचना प्रविधि मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट निर्वाचित भएका छन्।

अघिल्ल्लो चुनावमा सुनसरीबाट उदाए तत्कालीन समयमा बाम गठबन्धनलाई तोड्दै कार्की पहिलोपटक जिल्ला परिवर्तन गरि सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। कार्कीले दोस्रो पटक पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन्। 

कार्कीले सुनसरी क्षेत्र नं ४ प्रतिनिधिसभा तर्फ ज्ञानेन्द्र बहादुर कार्कीले ३० हजार ४८३ जगदीश प्रसाद कुसियैतले ३० हजार ३७१  मत ल्याएका छन्। ११२ मतका साथ प्रतिनिधिसभा सदस्य पदमा कार्की बिजयी भएका छन्। अघिल्लो चुनावमा कार्कीले ३२ हजार ३ सय ४७ मत प्राप्त गरी एमालेका स्थानीय नेता रमेश श्रेष्ठलाई पराजित गरेका थिए। 

स्थानीय जनता र मतदातामाझ चिनिएका उनी दोस्रो पटक निर्वाचित भएर प्रतिनिधिसभामा पुग्ने उद्देश्यसहित चुनावी मैदानमा होमिएका थिए। एकातर्फ प्रमुख प्रतिस्पर्धी पार्टीका नेता–कार्यकर्ता धमाधम नेपाली काँग्रेसमा प्रवेश गरिरहेको र अर्कातर्फ सत्ता गठबन्धनको बलियो साथ पाउँदा ज्ञानेन्द्र बहादुर कार्की उत्साहित देखिए पनि झिनो मतले मात्रै विजयी भएका हुन। 

सुनसरीका जनताले कार्कीलाई भावी अर्थमन्त्रीको रुपमा समेत हेरेका छन्। प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवासँग नजिक रहेका कार्की अर्थमन्त्री बन्ने आत्मविश्वासका साथ चुनावी दौडमा थिए।


प्रकाशित : बिहीबार , मंसिर १५ २०७९०५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend