बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

अब प्रधानमन्त्री हुनेमा ‘सेन्स अफ अर्जेन्सी’ हुनुपर्छ, नभए आर्थिक दुर्घटनामा जान्छौं -गगन थापा

images
बिहीबार , मंसिर १५ २०७९
images
images
अब प्रधानमन्त्री हुनेमा ‘सेन्स अफ अर्जेन्सी’ हुनुपर्छ, नभए आर्थिक दुर्घटनामा जान्छौं -गगन थापा
images
images

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ बन्ने सरकारलाई आर्थिक संकटको बोध हुनुपर्ने बताएका छन्।  नेपाल आर्थिक पत्रकार  समाजको स्थापना दिवसको अवसरका आयोजित कार्यक्रममा बोल्दै थापाले अहिलेका तथ्यांकले अर्थतन्त्रमा गहिरो संकटको संकेत गरेको बताए। 

images
images
images

विभिन्न प्रक्षेपन तथा अध्ययनले विश्वव्यापी रुपमै अर्थतन्त्रमा समस्या देखिएको र यो कुराको बोध अब सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीमा हुनुपर्ने उनको भनाइ छ।

images

‘मैले निर्वाचनअघि पनि मैले गठबन्धनमा अर्थतन्त्रका बारेमा एकमत बनाउन प्रयास गरेको थिए। तर नेताहरूले ध्यान दिनु भएन। अब बन्ने सरकारलाई पाँच वर्ष होइन महिनाको समय हुन्छ। अब सेन्स अफ अर्जेन्सी हुनुपर्छ। यदि नेतृत्वमा यो देखिएन भने हामी दुर्घटनामा जान्छौं, उनले भने।

images
images
images

अहिलेको समस्याको गहिराइ, त्यसले ल्याउनसक्ने संकटका बारेमा प्रधानमन्त्रीलाई जानकारी हुनुपर्ने र सरकार बनेको भोलिपल्टदेखि नै यसमा लाग्नुपर्ने उनको भनाइ छ। यदि आपतकालका बारेमा सरकारलाई बोध नभए दुर्घटनामा फस्ने जोखिम रहेको उनको भनाइ छ।


प्रकाशित : बिहीबार , मंसिर १५ २०७९०४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend