मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

हाईवेमा हुन्डाईको फ्रि चेकअप क्याम्प

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज २४ २०७८
हाईवेमा हुन्डाईको  फ्रि चेकअप क्याम्प

यो कार्यक्रम असोज २४ देखि २६ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

काठमाडौं- नेपालको लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रालिले ‘हुन्डाई हाइवे एसुरेन्स’ योजना ल्याएको छ। यो योजना अन्तर्गत हुन्डाईका गाडीको लागि फ्रि चेकअप क्याम्प सञ्चालिन हुनेछ। 

यस कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहकका लागि राजमार्गका विभिन्न स्थानहरुमा फ्रि चेकअप क्याम्प स्थापना गरेको छ।

दसैंमा हुन्डाईका गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना ल्याएको कम्पनीले जनाएको छ। यस फ्रि चेक अप क्याम्पमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडीको फ्रि चेक अप क्याम्प गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले नि:शुल्क थप गरिदिने व्यवस्था गरेको छ। 

यो योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड, इटहरी (मिलन चोक), कुरिनटार, भरतपुर (बाल मन्दिर चोक), चौराहा(बुटवल, नेपालगंन्ज (कोहलपुर चोक), धनगढी (अतरिया चोक), वीरगंज (पतलैया चोक) र हेटौंडा (बाईपास मार्ग, कपुर कम्पलेक्स)लगात स्थानमा फ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरेको छ। 

यो कार्यक्रम असोज २४ देखि २६ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। 


प्रकाशित : आइतबार, असोज २४ २०७८०७:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend