सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नार खोला जलविद्युत आयोजनाको लागत १० अर्ब ७५ करोड

बिहीबार , मंसिर १५ २०७९
नार खोला जलविद्युत आयोजनाको लागत १० अर्ब ७५ करोड

काठमाडौं- गण्डकी प्रदेशको मनाङ जिल्लामा निर्माण हुने नार खोला जलविद्युत आयोजना निर्माणका लागि १० अर्ब ७५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। मनाङको नासोँ गाउँपालिका वडा नम्बर ९, नापमूमि गाउँपालिका वडा नम्बर २ र मनाङ निस्याङ गाउँपालिका वडा नम्बर  १ मा आयोजना रहनेछ।

प्रस्तावित नार खोला जलविद्युत आयोजना अर्ध जलाशययुक्त प्रकारको आयोजना हो। प्रस्तावित आयोजनाको नेट हेड ५२९.४६ मि. मिटर, डिजाइन डिस्चार्ज १२.८५ घन मिटर प्रति सेकेण्ड छ र जडित क्षमता ५८.९० मेगा वाट रहेको छ।

प्रस्तावित आयोजनाका मुख्य संरचनाहरू अन्तर्गत ब्यारेज, इन्टेक, फिडर टनेल, सेटलिङ्ग बेसिन, हेडपण्ड, हेडरेस टनेल, अडिट टनेल, सर्ज साफ्ट, एरेसन टनेल, इन्क्लाइण्ड साफ्ट, होराईजेन्टल साफ्ट, विद्युतगृह, टेलरेस, स्वीचयार्ड र प्रसारण लाईनलगायतका संरचनाहरू पर्दछन्। जलविद्युत आयोजनाको वार्षिक ऊर्जा उत्पादन ३४१.२८ गिगावाट आवर रहेको छ।


प्रकाशित : बिहीबार , मंसिर १५ २०७९०३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend