बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

फियाट अबार्थ ब्रान्डको पहिलो विद्युतीय कार नै लिमिटेड इडिसनमा, के छ त्यस्तो खास? 

शुक्रबार, मंसिर १६ २०७९
फियाट अबार्थ ब्रान्डको पहिलो विद्युतीय कार नै लिमिटेड इडिसनमा, के छ त्यस्तो खास? 

अबार्थ ब्रान्डको ५००ई लिमिटेड इडिसनमा उत्पादन हुने घोषणा फियालने कार सार्वजनिक गर्दा नै गरेको हो। फियाटले अबार्थ ५०० ई जम्मा १ हजार ९ सय ४९ वटामात्र बनाउने छ। 

काठमाडौं- इटालीयन ब्रान्ड फियाटले शक्तिशाली विद्युतीय कार बनाएको छ। फियाटले अबार्थ ब्रान्ड नेममा बनाएको शक्तिशाली विद्युतीय कारको विशषेता, पावर आकर्षक रहेको छ। कम्पनीले हालै सार्वजनिक गरेको यो कार सुरुमै लिमिटेड इनिसनमा आउनेछ।  

अबार्थ ब्रान्डको ५००ई लिमिटेड इडिसनमा उत्पादन हुने घोषणा फियालने कार सार्वजनिक गर्दा नै गरेको हो। फियाटले अबार्थ ५०० ई जम्मा १ हजार ९ सय ४९ वटामात्र बनाउने छ। 

अबार्थ ५०० ईका सबै १ हजार ९ सय ४९ कारमा भिन्दाभिन्दै खालको उत्कृष्ट ग्राफिक्स र अथेन्टिसिटी सर्टिफिकेट नम्बरका साथ उपलब्ध हुने दाबी फियाटले गरेको छ। यो कारमा ४२ केडब्लूएचको ब्याट्री प्याक हुनेछ। 

अबार्थ ५०० ई पीएमई माटर जडान गरिएको छ जसले १ सय ५२ एचपी पावर र २ सय ३५ एनएच टर्क जेनेरेट गर्छ। यो कार शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ७ सेकेन्डमै तय गर्छ भने अधिकतम गति १ सय ५५ किलोमिटर प्रतिघण्टा रहेको छ। 

लिमिटेड इडिसनमा उत्पादन हुने ५०० ईमा १८ इन्चको अलोय ह्वील रहेको छ जसले कारको विशेष विशेषता दर्शाउँछ। फियाटका अन्य कुनै मोडलका कारमा यस्तो विशेषता छैन। यो कारमा ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ। 

अबार्थ ५०० ईमा अल्कान्टारा एम्बोस्ड ड्यासबोर्ड र सोही तत्वबाट कारको क्याबिन निर्माण गरिएको छ। यो कार २०२३ को फेब्रुअरीमा बजारमा आउन अनुमान गरिएको छ। तर यो कारको मूल्य भने हालसम्म सार्वजनिक गरिएको छैन। 


प्रकाशित : शुक्रबार, मंसिर १६ २०७९०४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend