बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नबिल बैंकबाट हुन्डाईका विद्युतीय कार किन्नेले सहजै ऋण पाउने

मंगलबार, मंसिर १३ २०७९
नबिल बैंकबाट हुन्डाईका विद्युतीय कार किन्नेले सहजै ऋण पाउने

यो सम्झौतासँगै हुन्डाईका विद्युतीय तथा रेगुलर कार किन्नेले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा सहज रुपमा कर्जा पाउने छन्।

काठमाडौं- नबिल बैैंकले हुन्डाईका विद्युतीय तथा पेट्रोलियम कार किन्नेले थप सहज रुपमा कर्जा पाउने भएका छन्।

हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल र नबिल बैंकबीच सझौता भएसँगै कर्जा प्रवाहमा सहज हुने भएको हो। 

हुन्डाईका विद्युतीय कार र इन्टरनल कम्बस्चन इन्जिनयुक्त कार किन्नेले थप सहजरुपमा कर्जा उपलब्ध गराउने सम्झौतामा नबिल बैंकका डीसीईओ सुजितकुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले हस्ताक्षर गरेका हुन्। 

यो सम्झौतासँगै हुन्डाईका विद्युतीय तथा रेगुलर कार किन्नेले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा सहज रुपमा कर्जा पाउने छन्। सबै काजगात पुरागर्ने कार खरिदकर्ताले ३ कार्यदिनमा ऋण पाइसक्ने छन्। यसरी प्राप्त गरेको ऋणको अवधि ७ वर्षका लागि हुने सम्झौतामा उल्लेख छ। 

व्यक्तिगत रुपमा विद्युतीय सवारी किन्नेले ८० प्रतिशत फाइनान्स सुविधा पाउने छन्। त्यस्तै संस्थागत रुपमा किनिने विद्युतीय कारका लागि ७० प्रतिशत फाइनान्स सुविधा उपलब्ध हुने बैंकले जनाएको छ। 

यता आईसी इन्जिनयुक्त सवारीे खरिद गर्नेले ब्यक्तिगत प्रयोजनमा ५० प्रतिशत र संस्थागततर्फ ७० प्रतिशत फाइनान्स सुविधा उपलब्ध हुने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ। 

यो सम्झौताले हुन्डाईका कार किन्न चाहने उपभोक्ताका लागि कार लिन सहज हुने विश्वास लक्ष्मी इन्टरकन्टिनेन्टलको छ। यो सुविधा बारे नबिल बैंक तथा हुन्डाईका देशभर रहेका १७ वटा शोरुममा गएर जानकारी लिन सकिनेछ। 


प्रकाशित : मंगलबार, मंसिर १३ २०७९०५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend