बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

टाटाका विद्युतीय कार खरिद गर्न एभरेष्ट बैंकले सस्तो ब्याजमा द्रुत मार्गबाट ऋण दिने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १२ २०७९
टाटाका विद्युतीय कार खरिद गर्न एभरेष्ट बैंकले सस्तो ब्याजमा द्रुत मार्गबाट ऋण दिने

यो सुविधासँगै टाटाका ईभी कार खरिद गर्नेका लागि अझै सरल र सहज हुने कम्पनीको विश्वास छ। 

काठमाडौं- टाटाका विद्युतीय कार खरिद गर्नेहरूका लागि एभरेष्ट बैंकले सरल र सहज मार्गबाट ऋण दिने भएको छ। 

नेपालका लागि टाटाका गाडीको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिसँग बैंकले यसका लागि सम्झौता गरेको छ। सम्झौता अनुसार टाटाका विद्युती कार खरिद गर्न खोजिरहेकाहरूका लागि देशभर रहेका बैंकका शाखाबाट यो सुविधा पाइने छ। 

सम्झौता अनुसार गाडीको ८० प्रतिशतसम्म ऋण सुविधा पाइने छ। ७ वर्षको अवधि हुने ऋणको ब्याजदर भने १२.८ प्रतिशत हुने छ। 

यो सुविधासँगै टाटाका ईभी कार खरिद गर्नेका लागि अझै सरल र सहज हुने कम्पनीको विश्वास छ। 

सिप्रदीले नेपालमा टाटाका नेक्सन र टिगोर ईभी बिक्री गर्दै आएको छ। टाटा नेक्सन ईभी नेपाली बजारमा सर्वाधिक रुचाइएको कार पनि हो। 


प्रकाशित : सोमबार, मंसिर १२ २०७९१२:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend