बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

चिसो मौसममा पनि रेन्ज नघट्ने उच्च प्रविधि भएको निटा भी 

images
मंगलबार, मंसिर १३ २०७९
images
चिसो मौसममा पनि रेन्ज नघट्ने उच्च प्रविधि भएको निटा भी 

त्यस्तैमा होजोनले ब्याट्रीको रेन्ज र आयु बढाउन एचईपीटी ३.० थर्मोस्टाटिक ब्याट्री म्यानेजमेन्ट सिस्टमको विकास गरेको छ। यो सिस्टम निटा भीसहित अन्य मोडलमा समेत उपलब्ध छ।

images
images

काठमाडौं- सीजी मोटर्सले भविष्यको सवारी ‘न्यु इनर्जी’ सवारी भएकाले विद्युतीय सवारी नेपाली बजारमा उपलब्ध गरायो। कम्पनीले होजोन अटोले उत्पादन गरेको निटा ब्रान्डका विद्युतीय कार ल्याएको हो। 

images
images
images

नेपाली बजारमा उपलब्ध अधिकांश सवारी उत्पादकले आईसी (इन्टरनल कम्बस्चन) इन्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएका छन्। तर होजोनको निटा ब्रान्डका विद्युतीय कार भने ‘विद्युतीय’ कारकै लागि डिजाइन गरिएकाले यसको पर्फमेन्ट उत्कृष्ट रहेको छ। 

images
images

विद्युतीय सवारीको सबैभन्दा महत्वपूर्ण पाटो ब्याट्री हो। विद्युतीय सवारीको लागतको ठूलो हिस्सा समेत ब्याट्रीमा लाग्ने गरेको छ। त्यसैले ब्याट्रीको आयु बचाउन उत्पादकहरुले विभिन्न प्रविधिको विकास गरेका हुन्छन्। 
त्यस्तैमा होजोनले ब्याट्रीको रेन्ज र आयु बढाउन एचईपीटी ३.० थर्मोस्टाटिक ब्याट्री म्यानेजमेन्ट सिस्टमको विकास गरेको छ। यो सिस्टम निटा भीसहित अन्य मोडलमा समेत उपलब्ध छ। चिसो मौसम सुरु भएसँगै निटा भीमा भएको उक्त सिस्टमले ब्याट्रीको आन्तरिक तापमान स्थिर राख्ने र रेन्जमा कुनै कमी आउन नदिने कम्पनीले जनाएको छ। सो सिस्टमले ब्याट्रीका आयु जोगाउन समेत सहयोग गर्नेछ। 

images
images

विद्युतीय सवारीमा समकालीन विश्वको सबैभन्दा शक्तिशाली उत्पादकहरू चीनमै छन्। तिनै शक्तिशाली मध्येको एक होजोन अटोमोबाइल हो। सोही कम्पनीले उत्पादन गरेको निटा भी विद्युतीय कार निक्कै आकर्षक र विशेषतालेयुक्त रहेको छ। त्यसैले निटा भी प्रति नेपाली उपभोक्ताको आकर्षण पनि बढ्दै भएको छ। 

neta hept 3.jpg

निटा भीले एक पटकको फुल चार्जमा ३ सय ८० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ। निटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ। 

नेपाली बजारमा निटा भी विभिन्न ५ रंगमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्पनीले निटा भीको ब्याट्री तथा मोटरमा ६.८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिएको छ। नेपाली बजारमा ग्राउन्ड क्यिरेन्स केही हाइ भएको कार धेरै खोज्ने गरेको पाइन्छ। उपभोक्ताको सोही चाहनाअनुसार निटा भी १ सय ७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्सका साथ परिमार्जित मोडल बजारमा आइसकेको छ। 

सीजी मोटर्सले नक्साल भाटभटेनी नजिकै निटा भीको शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले उपत्यकासहित विभिन्न स्थानमा चार्जिङ नेटवर्क विस्तारको कामलाई तीब्र बनाएको छ। हाल निटा भी उपलब्ध गराएको सीजी मोटरले अबको केही समयपछि निटा यू प्रो र निटा एस पनि नेपाली उपभोक्तालाई उपलब्ध गराउने बताएको छ। 

निटा भी कारमा प्रयोग भएको ब्याट्री फुलचार्ज हुन एसी चार्जरबाट ६ घण्टा (९६.६ किलोवाट) लाग्छ भने डीसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म हुन जम्मा २० मिनेट लाग्ने छ। निटा भीमा फ्रन्ट तथा रेयर दुवैतर्फ डिस ब्रेक छ भने यो फ्रन्ट ड्राइभ मोड कार हो।

विद्युतीय कार चढ्न चाहनेका लागि क्रसओभर सेगमेन्टको भएकाले निटा भी धेरैको रोजाइमा गरेको छ।

विद्युतीय कारमा सरकारले कर सहुलियत दिएको, फाइनान्सिङ सुविधा ८० प्रतिशतसम्म रहेको र पेट्रोलियम कारको आयात प्रतिबन्ध हुँदा विद्युतीय कारमा कुनै अवरोध नभएकाले आयात भइरहेको छ। चीनतर्फको नाकामा समस्या नभएको र उत्पादक कम्पनीले आवश्यकता अनुसार निटा भीको सप्लाइ दिएकाले नेपाली उपभोक्तालाई चाहेअनुसारको रंगसहितको मोडल उपलब्ध गराउन सकिने सीजी मोटर्सले जनाएको छ।  


प्रकाशित : मंगलबार, मंसिर १३ २०७९०४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend