शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

कर्णालीमा सत्ता गठबन्धनलाई बहुमत

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर ११ २०७९
कर्णालीमा सत्ता गठबन्धनलाई बहुमत

यसपालीको चुनावमा सत्ता गठबन्धनले १८ सिट जितेको छ । एमाले पाँच सिटमा विजयी भएको छ ।  

सुर्खेत- विसं २०७४ को प्रदेशसभा निर्वाचनमा बहुमत पुर्‍याउन एक सिट कम भएको सत्ता गठबन्धनले भर्खरै सम्पन्न निर्वाचनबाट बहुमत प्राप्त गरेको छ।  यसअघिको निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच तालमेल भएको थियो । उक्त गठबन्धनले २० सिट जितेको थियो । यसपालीको चुनावमा सत्ता गठबन्धनले १८ सिट जितेको छ । एमाले पाँच सिटमा विजयी भएको छ ।  

एमाले कर्णाली प्रदेशसभा सदस्यमा डोल्पा (१), मुगु (१), जुम्ला (२), दैलेख क्षेत्र नं २ (२) र सुर्खेत क्षेत्र नं २ (१) मा जीत हासिल गरेको छ । अघिल्लो निर्वाचन जित्नुभएका सुर्खेत क्षेत्र नं २ (१) का यामलाल कँडेल र क्षेत्र नं २ (२) का विन्दमान विष्ट, डोल्पा (२) का वीरबहादुर शाही र हुम्ला (२) जीवनबहादुर शाही यसपटक पुनः दोहिरिएका छन्।  

कर्णाली प्रदेशसभाको २४ सिटमध्ये चारमा पुनः  दोहिरिन सफल भएका छन् भने अठार नयाँ अनुहारले प्रदेशसभामा प्रवेश पाएका छन् । निर्वाचित दुई प्रदेशसभा सदस्यले प्रतिनिधिसभाको समेत अनुभव लिइसकेका छन् । कर्णाली प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलभित्र नेपाली कांग्रेस १२, नेकपा (माओवादी केन्द्र) १० र नेकपा (एकीकृत समाजवादी) का दुई उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। कांग्रेस र माओवादी केन्द्रले नौ/नौ पाएका थिए। एकीकृत समाजवादीले पाएको थियो। 

कर्णालीका मुख्यमन्त्री शाही हुम्ला प्रदेशसभा (२)बाट कांग्रेस तथा हुम्ला (१) बाट माओवादी केन्द्रका रनसिंह परियार स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका छन्। मुगु प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल र प्रदेश (२) मा माओवादी केन्द्रका मङ्गलबहादुर शाही निर्वाचित भए। 

यस्तै जुम्ला प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही र जुम्ला (२) मा एकीकृत समाजवादीका पदमबहादुर रोकाय विजयी हुनुभयो । डोल्पा प्रदेशसभा (१) मा एमालेका शेरबहादुर बुढा र डोल्पा (२) मा एमालेका धनचन्द्र वैजी विजय भए। 

त्यस्तै, कालीकोट प्रदेशसभा (१) मा माओवादी केन्द्रका दुर्गबहादुर रावत र प्रदेशभा (२) मा कांग्रेसका हिक्मतबहादुर विष्ट, दैलेख क्षेत्र नं १ (१) र (२) मा कांग्रेसका उम्मेदवार क्रमशः पूर्णबहादुर खत्री र  कृष्णकुमार विसी विजयी भएका छन्। दैलेख क्षेत्र नं २ (१) मा कांग्रेसका घनश्याम भण्डारी र (२) मा एमालेका विनोदकुमार शाह विजयी भए। 

यसैगरी सुर्खेत क्षेत्र नं १ (१) मा कांग्रेसका खड्ग पोखरेल र (२) मा माओवादी केन्द्रका कृष्णबहादुर जिसी, क्षेत्र नं २ (१) मा एमालेका यामलाल कँडेल र प्रदेश (२) मा माओवादी केन्द्रका विन्दमान विष्ट विजयी भए। 

यस्तै सल्यान प्रदेशसभा (१) मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा र (२) मा कांग्रेसका सुरेश अधिकारी, रुकुम–पश्चिम प्रदेशसभा (१) र (२) मा माओवादी केन्द्रका क्रमशः महेन्द्र केसी र राजकुमार शर्मा, जाजरकोट प्रदेशसभा (१) र (२) मा कांग्रेसका क्रमशः वेदराज सिंह र राजीवविक्रम शाह निर्वाचित भएका छन्। 

 


प्रकाशित : आइतबार, मंसिर ११ २०७९०७:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend