शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

प्रत्यक्षतर्फ १५५ स्थानमा मध्ये ५२ स्थानमा जित निकाल्दै कांग्रेस पहिलो, अन्य कुन पार्टीको कति ?

आइतबार, मंसिर ११ २०७९
प्रत्यक्षतर्फ १५५ स्थानमा मध्ये ५२ स्थानमा जित निकाल्दै कांग्रेस पहिलो, अन्य कुन पार्टीको कति ?

काठमाडौं-१६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५५ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। जसमा ५२ स्थानमा जित निकाल्दै नेपाली कांग्रेस पहिलो भएको छ। यता नेकपा एमालेले ४१ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १(१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्। दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ।

भने अन्य ७ स्थानमा भइरहेको मतगणनामा कांग्रेस ४ स्थानमा अगाडि छ। भने नेकपा एमाले २ स्थानमा आग्रता लिइरहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा आग्रता लिइरहेको छ। 


प्रकाशित : आइतबार, मंसिर ११ २०७९०२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend