बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

अर्जेन्टिनालाई हराएका साउदी अरबका प्रत्येक खेलाडीलाई रोल्स रोयसको विलाशी कार उपहार

शनिबार, मंसिर १० २०७९
अर्जेन्टिनालाई हराएका साउदी अरबका प्रत्येक खेलाडीलाई रोल्स रोयसको विलाशी कार उपहार

साउदी राजकुमार मोहम्बद बिन सलमान अल साउदले कतारबाट आफ्ना खेलाडी स्वदेश फर्किएपछि प्रत्येकलाई रोल्स रोयस फेन्टम दिने बताएका हुन्। 

काठमाडौं- कतार विश्वक फुटबल २०२२ को आफ्नो पहिलो खेलमा साउदी अबरले दुईपटकको विश्व विजेता अर्जेन्टिलाई हरायो। साउदीले अर्को खेल आज (शनिबार) खेल्दै छ। आजको खेल जितेमा साउदी दोस्रो चरणमा प्रवेश गर्नेछ। 

विश्वकप फुटबल उपाधी उचाल्न साउदी अरबका लागि पक्कै सहज छैन। तर साउदी अबरका खेलाडीले भने विश्वकप उपाधी उचाले सरह नै पुरस्कार पाइसकेका छन्। 

साउदी राजाले अर्जेन्टिनालाई आफ्नो टोलीले हरएको भोलिपल्ट देशमा सार्वजनिक बिदा नै दिएका थिए। बिदामात्र होइन साउदी राजकुमारले खेलाडीलाई संसारकै विलाशी कार पुरस्कार दिने घोषणा गरेका छन्। साउदी अरबका खेलाडीले विश्वकप २०२२ मा अर्जेन्टिनालाई एतिहासिक रुपमा पराजित गरेकाले प्रत्यक खेलाडीलाई एक एकवटा रोल्स रोयसको विलाशी कार उपहार दिने घोषणा गरेका हुन्। 

साउदी अरब सरकारले प्रत्येक खेलाडीलाई रोल्स रोयसको फेन्टम कार पुरस्कार दिने बताएको हो। युकेको एक्सप्रेसका अनुसार साउदी राजकुमार मोहम्बद बिन सलमान अल साउदले कतारबाट आफ्ना खेलाडी स्वदेश फर्किएपछि प्रत्येकलाई रोल्स रोयस फेन्टम दिने बताएका हुन्। 

साउदी अरबले अर्जेन्टिनालाई हराउनु कति सहज थियो र त्यसमाथि उनीहरुले पाएको उपलब्धिलाई उच्च सम्मान त्यहाँको सरकारले गरेको विश्लेषण भइरहेको छ। साउदी अबर विश्व फुटबल बरियतामा ४८औं स्थामा रहेको छ। अर्जेन्टिनामा विश्वकै चर्चित फुटबल खेलाडी लियोनल मेसी पनि छन्। यति बलियो टिमलाई हराउनु साउदी अबरका लागि ठूलो सफलता हो। 

अर्जेन्टिलाई हराउनुपूर्व साउदी अबरले ३ वटामात्र विश्वकपका खेलमा जित निकालेको थियो। 

प्रत्येक खेलाडीलाई रोल्स रोयसको फेन्टम कार दिने घोषणाले साउदी सरकार खेलाडीलाई कति सम्मान गर्छ भन्ने समेत दर्र्शाएको छ। रोल्स रोयस बेलायती विलाशी कार ब्रान्ड हो। सामान्य मानिसका लागि रोल्स रोयस कार खरिद गर्नु असामान्य विषय हो। 

रोल्स रोयसको फेन्टम सिरिज आईआई यही वर्षको सुरुवातमा सार्वजनिक भएको थियो। यो कारमा ६.७५ लिटर नेचुरल्ली–एस्पायर्ड भी१२ इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले ५ सय ५५ बीएचपी पावर र ९ सय एनएमको उच्च टर्क जेनेरेट गर्छ भने ८ स्वीडको अटोमेटिक गेयर बक्स छ। यो कारले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ५.१ सेकेन्डमै तय गर्न सक्छ। 

रोल्स रोयस फेन्टम आईआईको मूल्य ७ लाख अमेरिकी डलर रहेको छ। यो कारको भारतीय बजार मूल्य ८ करोड भारु तोकिएको छ।  


प्रकाशित : शनिबार, मंसिर १० २०७९१०:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend