शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

समानुपातिकतर्फ ६९ लाख ५४ सदर मतको नजितामा छ पार्टीमात्रै ३ प्रतिशतको थ्रेसहोल्ड भित्र

रास्वपालाई माओवादीले उछिन्यो

शनिबार, मंसिर १० २०७९
समानुपातिकतर्फ ६९ लाख ५४ सदर मतको नजितामा छ पार्टीमात्रै ३ प्रतिशतको थ्रेसहोल्ड भित्र

जसमा थ्रेसहोल्ड कटाउनेमा एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा र जसपा मात्रै रहेका छन्।

काठमाडौं- निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक मत परिमाणमा ६ वटा पार्टीले मात्रै ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका छन्।

आयोगले अहिलेसम्म प्रतिनिधिसभाको समानुपातिक तर्फ ६९ लाख ५४ हजार ६ सय ९३ सदर मतको नतिजा सार्वजनिक गरेको छ। जसमा थ्रेसहोल्ड कटाउनेमा एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा र जसपा मात्रै रहेका छन्।

एमालेले १९ लाख १३ हजार ९६ पाएको छ। एमालले पाएको मत कुल सदर मतको २७.५० प्रतिशत हो। यसैगरी कांग्रेसले कांग्रेसले १८ लाख ४१ हजार ५३१ मत पाएको छ। कांग्रेसले पाएको मत २६.४७ प्रतिशत हो। यसैगरी माओवादीले ८ लाख१३ हजार ६ सय १ मत पाएको छ। माओवादीले सदर मतको ११.६९ प्रतिशत हो।

साथै रास्वपाले ७ लाख ९७ हजार २१ मत पाएको छ। सदरम मतको यो ११.४६ प्रतिशत हो। यसैगरी राप्रपाले ४ लाख १० हजार १ सय ८५ मत पाएको छ। राप्रपाको मत ५.८९ प्रतिशत हो।

यसैगरी जसपाले २ लाख २८ हजार ३ सय ८५ मत पाएको छ। यो कुल सदर मतको ३.२८ प्रतिशत हो।

साथै थ्रेसहोल्डका लागि अगाडि बढीरहेको समाजवादीको १ लाख ७६ हजार ७ सय २७ मत रहेको छ। यो सदर मतको २.५४ प्रतिशत हो। अन्य पार्टीकले भने थ्रेसहोल्ड कटाउने अवस्था रहेका छैनन्।


प्रकाशित : शनिबार, मंसिर १० २०७९०८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend