शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

प्रतिनिधिसभातर्फ कर्णालीमा शून्य भएको एमालेलाई प्रदेशसभामा ६ सिट

पाँचदलीय गठबन्धनलाई सरकार बनाउन सहज बहुमत

शुक्रबार, मंसिर ९ २०७९
प्रतिनिधिसभातर्फ कर्णालीमा शून्य भएको एमालेलाई प्रदेशसभामा ६ सिट

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कर्णाली प्रदेशमा शून्य भएको छ। प्रत्यक्षतर्फ १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा एमालेले सबै क्षेत्रमा पराजय भोगेको छ।

एमालेबाट विभाजन भएको नेकपा समाजवादी एसले भने ३ सिट जितेको छ। यसैगरी माओवादी र कांग्रेसले ४/४ वटा सिटमा जित निकालेको छ। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एक सिट जितेको छ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ

कांग्रेस

१. पूर्णबहादुर खड्का

२. हृदयराम थानी

३. दिक्पालकुमार शाही

४. ऐनबहादुर शाही ठकुरी

माओवादी

१. महेन्द्रबहादुर शाही

२. छिरिङ डम्डुल लामा (भोटे)

३. शक्तिबहादुर बस्नेत

४. जनार्दन शर्मा

नेकपा एस

१. प्रकाश ज्वाला

२. धनबहादुर बुढा

३. अम्मरबहादुर थापा

राप्रपा

१. ज्ञानेन्द्र शाही

प्रदेशसभामा कांग्रेस पहिलो बन्दा एमाललेलाई ६ सिट

कर्णालीमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ १ सिट पनि नजितेको एमालले प्रदेशसभातर्फ भने ६ वटा सिट जितेको छ।

यसैगरी कर्णालीमा सबैभन्दा बढी सिट भने कांग्रेसले जितेको छ। कांग्रेसले ९ वटा सिटमा जित निकालेको छ। यसैगरी माओवादीले ८ र स्वतन्त्र १ सिट  जितेको छ।

माओवादी

१. महेन्द्र के.सी

२. राजकुमार शर्मा

३. भीम प्रकाश शर्मा १

४. कृष्‍णबहादुर जिसी

५. बिन्दमान विष्‍ट

६. रनसिंह परियार

७. दुर्गबहादुर रावत

८. मंगलबहादुर शाही

कांग्रेस

१. हिक्मतबहादुर विष्ट

२. जीबन बाहादुर शाही

३. बेद राज सिंह

४. राजीवविक्रम शाह

५. पुर्णबहादुर खत्री

६. कृष्णकुमार वि.सी.

७. घनश्याम भण्डारी

८. खड्‍गबहादुर पोखरेल

९. सुरेश अधिकारी

एमाले

१. यामलाल कँडेल

२. विनोदकुमार शाह

३. शेरबहादुर बुढा

४. धन चन्द्र बैजी

५. जितबहादुर मल्ल

६. टेकराज पछाई

स्वतन्त्र

१. देबेन्द्रबहादुर शाही

गठबन्धनलाई सरकार बनाउन सहज बहुमत

कर्णाली प्रदेश सभामा कुल प्रत्यक्षतर्फबाट विजयी भएर आएका २४ र समानुपातिबाट १६ जना गरी ४० सदस्य रहने छ। पाँच दलीय गठबन्धनले प्रत्यक्ष तर्फ १७ सिट जितेका छन्। अब उनीहरुलाई सरकार बनाउन समानुपातिकको ३ सिट भए पुग्छ।


प्रकाशित : शुक्रबार, मंसिर ९ २०७९०८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend