सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

प्रत्यक्षतर्फ कांग्रेस पहिलो हुँदा समानुपातिकतर्फ एमालेसँग कडा प्रतिस्पर्धामा, अन्य कुनको कति?

शुक्रबार, मंसिर ९ २०७९
प्रत्यक्षतर्फ कांग्रेस पहिलो हुँदा समानुपातिकतर्फ एमालेसँग कडा प्रतिस्पर्धामा, अन्य कुनको कति?

काठमाडौं- १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म ११६ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।नेपाली कांग्रेसले सबैभन्दा बढी ४० स्थानमा जित निकालेको छ। दोस्रोमा रहेको नेकपा एमालेले २९ स्थानमा जित हात पारेको छ।  १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म ११६ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको हो।

माओवादी केन्द्रले १२ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान विजयी भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले २/२ स्थानमा जित निकालेका छन्। नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १/१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।

समानुपातिकतर्फ कांग्रेस एमालेको कडा प्रतिस्पर्धा 

अहिलेसम्म समानुपातिकतर्फ ३२ लाखभन्दा बढी मत गणना भएको छ। नेकपा एमाले ९ लाख ४१ हजार १९५ मत सहित पहिलो स्थानमा रहेको छ। भने कांग्रेस ९ लाख ३ हजार ७८ मत सहित दोस्रो स्थानमा रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ५४ हजार ५२९ मत सहित तेस्रो हुँदा नेकपा माओवादी केन्द्र ४ लाख १८ हजार ७४९ मत सहित चौथो स्थानमा रहेको छ। 

 


प्रकाशित : शुक्रबार, मंसिर ९ २०७९०३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend