सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

अर्थमन्त्री जनार्दन शर्मा २६ हजार बढीको मतान्तरले रुकुम पश्चिमबाट विजयी

शुक्रबार, मंसिर ९ २०७९
अर्थमन्त्री जनार्दन शर्मा २६ हजार बढीको मतान्तरले रुकुम पश्चिमबाट विजयी

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्मा साढे २६ हजारको मतान्तरले प्रतिनिधिसभामा विजयी भएका छन्। नेकपा माओवादी केन्द्रका नेता समेत रहेका शर्माले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटालाई २६ हजार ५ सय ८८ मतको अन्तरले पराजित गरेका छन्।

कुल ६० हजार ५ सय २७ मत खसेकामा शर्माले ३९ हजार ५ सय ४९ मत प्राप्त गरे। नेकपा एमालेका देवकोटाले १२ हजार ९ सय ६१ मत पाएका छन्। विजयी भएसँगै शर्मा चौथोपटक रुकुमबाट जित निकालेका छन्। शर्माले यसअघि २०६४, २०७०, २०७४ मा पनि निर्वाचित भएका थिए। 

 


प्रकाशित : शुक्रबार, मंसिर ९ २०७९०२:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend