सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

चितवन २ बाट ३४ हजार मतान्तरसहित रवि लामिछाने विजयी 

बिहीबार , मंसिर ८ २०७९
चितवन २ बाट ३४ हजार मतान्तरसहित रवि लामिछाने विजयी 

तेस्रोमा रहेका नेकपा एमालेका उम्मेद्वार कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत ल्याएका छन्। 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। 

लामिछाने निकटतम प्रतिद्वन्दीभन्दा ३४ हजार १६२ धेरै मत ल्याएर विजयी भएका छन्। 

लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले १५ हजार ९९ भोट ल्याएका छन्। 

तेस्रोमा रहेका नेकपा एमालेका उम्मेद्वार कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत ल्याएका छन्। 

लामिछानेको जितसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ६ क्षेत्रमा जित हात पारेको छ। पहिलोपटक निर्वाचनमा भाग लिएको यो पार्टीले काठमाडौंका चार, ललितपुरमा एउटा क्षेत्रमा जित हात पारेको छ। 


प्रकाशित : बिहीबार , मंसिर ८ २०७९०६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend