सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

काठमाडौं ७ : समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई धेरै मत, दोस्रोमा एमाले

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर ८ २०७९
काठमाडौं ७ : समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई धेरै मत, दोस्रोमा एमाले

काठमाडौंको ठमेलदेखि नुवाकोटको ककनीछेउसम्म फैलिएको उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो।

काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नंं ७ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत प्राप्त गरेको छ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको गए राति सम्पन्न समानुपातिकको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ४ सय ३४ मत प्राप्त गरेको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन्।

यस्तै, दोस्रो  समानुपातिक मत नेकपा (एमाले)ले चार हजार चार सय ६६, तेस्रो समानुपातिक मत नेपाली कांग्रेसले तीन हजार सात सय १०, चौथो समानुपातिक मत राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार ९६४ र पाँचौँ समानुपातिक मत नेकपा (माओवादी केन्द्र)ले एक हजार एक सय ५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रेष्ठले बताए।

काठमाडौंको ठमेलदेखि नुवाकोटको ककनीछेउसम्म फैलिएको उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो।

६१ हजार दुई सय ९२ मतदाता रहेको सो क्षेत्रमा समानुपातिकतर्फ कूल २६ हजार चार सय १७ मत खसेकोमा २५ हजार दुई सय १९ मत सदर र एक हजार एक सय ९८ मत बदर भएको थियो। यस्तै, सो क्षेत्रको प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले आठ हजार सात सय ४३  मत ल्याई विजयी भएका थिए। रासस 


प्रकाशित : बिहीबार , मंसिर ८ २०७९०४:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend