बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

टाटाले परिमार्जनसहित ल्यायो टिगोर ईभी, यस्ता छन् थपिएका विशेषता

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर ७ २०७९
टाटाले परिमार्जनसहित ल्यायो टिगोर ईभी, यस्ता छन् थपिएका विशेषता

नयाँ टिगोर ईभी शुन्यदेखि ८० प्रतिशत चार्ज हुन जम्मा ६० मिनेटमात्र लाग्ने छ। टाटाले नयाँ टिगोर ईभीमा कलर अप्सनसमेत थप गरेर ल्याएको छ।

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सको टियोर ईभीको परिमार्जित भर्सन सार्वजनिक गरेको छ। कम्प्याक्ट सेडान सेगमेन्टको सो ईभीको रेन्जसमेत बढेर आएको कम्पनीले जनाएको छ। 

टाटा मोटर्सले टिगोर ईभीको कन्ट्रास्ट ब्ल्याक रुफ, लेदरेड अपहोस्ट्रे तथा लेदरले ढाकिएको स्टेरिङ ह्वीलसहितको नयाँ भेरियन्ट जेडएक्स प्लस लग्जरी बुधबार भारतीय बजारमा सार्वजनिक गरेको हो। 

यस अघि टाटाले अर्काे मोडल नेक्सन ईभीको समेत थप पावर र रेन्जसहित नेक्सन ईभी म्याक्स ल्याएको थियो। टाटाका अनुसार अब टिगोर ईभीको रेन्ज ३०६ किलोमिटरबाट ३१५ किलोमिटर हुनेछ। टिगोर ईभीमा मल्टिमोड रिजेनेरेसन विशेषता थपिएसँगै यसको रेन्ज बढेको दाबी कम्पनीले गरेको छ। 

टिगोर ईभीमा नेक्सन प्राइम तथा नेक्सन म्याक्सको जस्तै ४ लेबलको रिजेनेरेसन विशेषता थपिएको छ। यसका साथै टिगोर ईभीमा क्रूज कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, स्मार्टवाच इन्ट्रिग्रेटेड कनेक्टिभिटीलगाय विशेषता पनि समावेश गरिएको छ। 

टिगोर ईभीको एक्सटी भेरियन्टलाई अब टिगोर ईभी एक्सएमले रिप्लेस गरेको छ भने यो भेरियन्टमा ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट तथा स्टेरिङ माउन्टेड कन्ट्रोल सिस्टम रहेको छ। टिगोर ईभीमा पहिलाकै सरह ७५ एचपीको मोटर तथा आईपी ६७ रेटेड २६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक रहनेछ। यो कारलाई शुन्यबाट ६० किलोमिटर प्रतिघण्टाको गति भेट्न जम्मा ५.७ सेकेन्ड लाग्ने दाबी कम्पनीको छ। 

नयाँ टिगोर ईभी शुन्यदेखि ८० प्रतिशत चार्ज हुन जम्मा ६० मिनेटमात्र लाग्ने छ। टाटाले नयाँ टिगोर ईभीमा कलर अप्सनसमेत थप गरेर ल्याएको छ। परिमार्जित विशेषतासहितको नयाँ टिगोर ईभीको मूल्य समेत बढेको छ। 

टियोर ईभी नेपाली बजारमा पनि बिक्री हुँदै आइरहेको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले उपलब्ध गराउँदै आएको छ। सेडान सेगमेन्टमा टिगोर ईभीको बिक्री राम्रो रहेको कम्पनीको भनाइ छ। भारतमा सार्वजनिक भएको टिगोर ईभी केही समयपछि नेपाली बजारमा आउने कम्पनीले जनाएको छ। 


प्रकाशित : बुधबार, मंसिर ७ २०७९१२:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend