शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

काठमाडौं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित 

काठमाडौंका चार सिटमा स्वतन्त्र पार्टीको जित 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर ७ २०७९
काठमाडौं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित 

टिच फर नेपाल संस्थाका संस्थापक रहेका शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका थिए। 

काठमाडौं- प्रतिनिधिसभाको काठमाडौं क्षेत्र नम्बर छ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन्। 

१४ हजार २०४ मत ल्याएर खनाल त्यहाँबाट निर्वाचित भएका हुन्। 

खनालले नेकपा एमालेका उम्मेद्वार सर्वेन्द्र खनाललाई पराजित गरेका छन्। एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत ल्याएका छन्। तेस्रो स्थानमा कांग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८०५ मत ल्याएका छन्। 

टिच फर नेपाल संस्थाका संस्थापक रहेका शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका थिए। 

पहिलोपटक निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका १० मध्ये ४ क्षेत्रमा जित हात पारेको छ। खनाल बाहेक क्षेत्र नम्बर ८ मा बिराजभक्त श्रेष्ठ, २ नम्बरमा सोविता गौतम र ७ नम्बरमा  गणेश पराजुलीले राष्ट्रिय स्वतन्त्र पार्टीले जितेका छन्। 

 


प्रकाशित : बुधबार, मंसिर ७ २०७९०८:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend