सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पाँचदलीय गठबन्धनलाई बहुमत कठिन बन्दै

बुधबार, मंसिर ७ २०७९
पाँचदलीय गठबन्धनलाई बहुमत कठिन बन्दै

अहिले मतगणना हुन पाँच सिट बाँकी छन्। बाँकी रहेका यी पाँचवटै निर्वाचन क्षेत्रमा गठबन्धनले जित्दा मात्र १३८ सिट वा स्पष्ट बहुमत पुग्छ।  

काठमाडौं- पाँचदलीय गठबन्धन बनाएर निर्वाचनमा होमिएका नेपाली कांग्रेस, माओवादी, समाजवादी, जनमोर्चा र लोसपालाई सरकार बनाउन आवश्यक बहुमत असहज देखिएको छ। 

मतगणनाको अहिलेसम्मको रुझानअनुसार सुविधाजनक बहुमत कठिन बन्दै गएको देखिन्छ। 

अहिलेसम्म प्रत्यक्षतर्फ कांग्रेस १३ स्थानमा विजयी भएको छ भने ४२ स्थानमा अग्र स्थानमा छ। अग्रता रहेको सबै स्थानमा कांग्रेसले जित निकाले पनि प्रत्यक्षतर्फ ५५ सिट हुने छ। यसैगरी अहिलेसम्म माओवादीले २ सिटमा जित निकालेको छ भने अग्रता १५ मा छ। अग्रता भएको सबै स्थानमा जित भएको अवस्थामा माओवादीको १७ सिट हुने छ।

यसैगरी समाजवादीले एक सिट जित निकाल्दै ७ सिटमा अग्रता लिएको छ। यी सबै जितको अवस्थामा ८ सिट हुनेछ। यसैगरी लोसपाले ३ सिटमा अग्रता लिएको छ। साथै जनमोर्चाले एक सिटमा अग्रता लिएको छ। गठबन्धनले जितको र अग्रता सबै लाई जोड्दा ८४ सिट हुन्छ।

अब समानुपातिकमा अहिलेसम्म पाएको मतको आधारमा गठबन्धमा रहेका कांग्रेस र माओवादीले मात्रै समानुपातिकमा ३ प्रतिशत मत कटाउने अवस्था छ।

समग्रमा अहिलेसम्म ५ दलले  मात्र समानुपातिमा ३ प्रतिशत मत कटाउने अवस्था देखिएको छ। पाँच दलले अहिलेसम्म पाएको मतकै आधारमा ११० सिट बाडफाड हुने छ।

कांग्रेसले अहिलेसम्म पाएको मतको आधार ३३ सिट समानुपातिकबाट पाउने छ। माओवादीले १६ सिट पाउने छ। यो भएमा ४९ सिट समानुपातिकबाट आउनेछ। अहिलेसम्मको सोझो हिसाबले जोड्दा १३३ सिट मात्र गठबन्धनले पाउँछ। 

अहिले मतगणना हुन पाँच सिट बाँकी छन्। बाँकी रहेका यी पाँचवटै निर्वाचन क्षेत्रमा गठबन्धनले जित्दा मात्र १३८ सिट वा स्पष्ट बहुमत पुग्छ।  


प्रकाशित : बुधबार, मंसिर ७ २०७९०८:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend