सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बैतडीमा हिजोदेखि विद्युत् सेवा अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर ७ २०७९
बैतडीमा हिजोदेखि विद्युत् सेवा अवरुद्ध

एक स्थानीय बासिन्दाले रूख काट्दा मेनलाइनको एक किलोमिटर क्षेत्रको तारहरु चुँडिएको छ। विद्युतबाट सञ्चालन हुने मिल पनि बन्द रहेका छन्।  

बैतडी- बैतडीको दोगडाकेदारमा मंगलबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। मंगलबार दिउँसो ३ बजे दोगडाकेदार गाउँपालिका-३ खिरेगाउँमा तार चुँडिदा विद्युत् सेवा अवरुद्ध यहाँको अधिकांश क्षेत्र अन्धकारमय बनेको छ।

विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको श्रीकोटका गणेशसिंह विष्टले बताए। विद्युतका कारण सञ्चारका उपकरण नचल्दा निर्वाचनको मतपरिणाम सुन्न उत्सुक व्यक्ति पनि चिन्तित भएका छन्। उनले भने, 'विद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्नु परेको छ, मोबाइलसमेत अफ हुँदा सञ्चारविहीन हुनुपरेको छ।' विद्युतबाट सञ्चालन हुने मिल पनि बन्द रहेका छन्।  

यता नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले भने विद्युत्को लाइन मर्मतका लागि प्राविधिक कर्मचारी खटाइएको बताए। एक स्थानीय बासिन्दाले रूख काट्दा मेनलाइनको एक किलोमिटर क्षेत्रको तारहरु चुँडिएको छ। उनले भने, 'प्राविधिक कर्मचारी खटाएका छौँ, मर्मत गरेर सञ्चालन गर्न दिउँसोसम्म समय लाग्छ होला।' रासस


प्रकाशित : बुधबार, मंसिर ७ २०७९०७:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend