बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

जापानी कम्पनी माज्दाद्वारा विद्युतीय कार उत्पादनमा ११ अर्ब डलर लगानी गर्ने घोषणा, ब्याट्री पनि आफै बनाउने

बिहीबार , मंसिर ८ २०७९
जापानी कम्पनी माज्दाद्वारा विद्युतीय कार उत्पादनमा ११ अर्ब डलर लगानी गर्ने घोषणा, ब्याट्री पनि आफै बनाउने

२०२२ को सुरुवातमै हाल माज्दाले घोषणा गरे सरह नै विद्युतीकरणमा लगानी गर्ने घोषणा टोयोटा र होनडाले गरेका थिए।

काठमाडौं- जापानी कार उत्पादक कम्पनी माज्दाले विद्युतीय कार उत्पादनमा ठूलो लगानी गर्ने घोषणा गरेको छ। कम्पनीले मंगलबार विद्युतीय सवारी तथा ब्याट्री उत्पादनमा करिब ११ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको हो। 

विद्युतीय कार र ब्याट्री उत्पादनमा १० अर्ब ६० करोड डलर लगानी गर्ने बताएसँगै माज्दाले विद्युतीय कार बिक्रीलाई समेत बढाउने जनाएको छ। यसमा केही लगानी थपेर ११ अर्बभन्दा बढी लगानी गर्ने कम्पनीले उल्लेख गरेको छ। माज्दाले २०३० सम्ममा हाल विद्युतीय गर्दै आएको मध्ये ४० प्रतिशतभन्दा बढी सवारी विद्युतीय हुने उल्लेख गरेको छ। 

जापानी कम्पनी माज्दामात्र होइन विश्वका दर्जनौं सवारी उत्पादक कम्पनीले विद्युतीय सवारी तथा ब्याट्री उत्पादनमा खर्बौं डलर लगानी गरिरहेका छन्। विश्वले वायु प्रदूषणमा पेट्रोलियम सवारी मुख्य कारक रहेको निष्कर्षसहित २०४५ भित्र कार तथा भ्यान पूर्ण विद्युतीय बनाउने प्रतिवद्धता व्यक्त गरिसकेको छ। 

२०२२ को सुरुवातमै हाल माज्दाले घोषणा गरे सरह नै विद्युतीकरणमा लगानी गर्ने घोषणा टोयोटा र होनडाले गरेका थिए। तथाती विश्वका ठूला सवारी उत्पादक भएको जापान विद्युतीय सवारी उत्पादनमा आक्रामक हुन नसकेको आरोप लाग्दै आएको छ। टोयोटा सवारी बिक्रीका आधारमा विश्पको सबैभन्दा ठूलो सवारी उत्पादक कम्पनी हो। 

सवारीको विद्युतीकरण गर्न माज्दाले प्राथमिकता दिने नीति लिएको र त्यसका लागि ब्याट्री उत्पादनमा समेत आफैले लगानी गर्न लागेको कम्पनीद्वारा जारी वज्ञिप्तिमा उल्लेख छ। २०३० सम्ममा माज्दाले विश्वभर आफ्नो विद्युतीय सवारी बिक्री २५ देखि ४० प्रतिशत पुर्‍याउने लक्ष्य रोयटर्सले लेखेको छ। 

माज्दाका सवारी नेपाली बजारमा समेत बिक्री हुँदै आएको छ। विगत लामो समयदेखि बिक्री हुँदै आएको माज्दाका कार पछिल्लोपटक पारामाउन्ट मोटर्सले बिक्री गर्दै आएको छ। माज्दाले विद्युतीय सवारी उत्पादन थालेपछि नेपाली बजारमा समेत आउने छ।  


प्रकाशित : बिहीबार , मंसिर ८ २०७९०४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend