बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नयाँ इन्जिनसहित सुजुकी इको सार्वजनिक 

बुधबार, मंसिर ७ २०७९
नयाँ इन्जिनसहित सुजुकी इको सार्वजनिक 

पेट्रोल इन्जिनयुक्त नयाँ इकोले पहिलेभन्दा २५ प्रतिशत धेरै इन्धन किफायती अर्थात २०.२० किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी कम्पनीले गरेको छ। 

काठमाडौं- मारुती सुजुकी इन्डियाले नयाँ इको भ्यान सार्वजनिक गरेको छ। भारतीय बजारमा निक्कै रुचाइएको यो भ्यानको नयाँ भर्सन कम्पनीले मंगलबार सार्वजनिक गरेको हो।

मारुती सुजुकीले परिमार्जनसहिन नयाँ इन्जिन, थप इन्धन किफायती र नयाँ विशेषता थपेन इको भ्यान ल्याएको हो। इको भ्यानमा नयाँ १.२ लिटरको के सिरिजको डुअल जेट, डुअल भीभीटी पेट्रोल इन्जिन छ जसले ६ हजार आरपीएममा ८०.७६ पीएस पावर र ३ हजार आरपीएममा १०४.४ एनएम टर्क जेनेरेट गर्छ। 

पेट्रोल इन्जिनयुक्त नयाँ इकोले पहिलेभन्दा २५ प्रतिशत धेरै इन्धन किफायती अर्थात २०.२० किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी कम्पनीले गरेको छ। 

मारुती सुजुकीको इको भ्यान भारतको एक सफल सवारीका रुपमा रहेको छ। भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीले हालसम्म ९ लाख ७५ हजार वटा इको भ्यान बिक्री गरिसकेको छ। यो इको भ्यान नेपाली बजारमा समेत उल्लेख्य संख्यामा बिक्री हुँदै आएको छ। 

सुजुकीकै अर्को सानो ओम्नी भ्यानको विकल्पका रुपमा छोटो दुरीमा यात्रा गर्न तथा सामान ओसारपसार गर्न इको भ्यान निक्कै उपयोगी रहेको छ। नयाँ इको भ्यानमा इन्जिन इमोबिलाइजर, इलुमिनेटेड हाजार्ड स्वीच, डुवल एयर ब्याग, ईभीडीसहितको एबीएस, रिभर्स पार्किङ सेन्सलगायत ११ वटा सुरक्षा विशेषता थपिएको छ। 

नेपाली बजारमा सुजुकीका सवारी सीजी होल्डिङअन्तर्गतको सीजी मोटो कर्पले आधिकारिक रुपमा भित्र्याउँदै आएको छ। नयाँ इको भ्यान पेट्रोलियम कार आयात प्रतिबन्ध भएका कारण तत्काल नेपाल आउने छैन।

सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै गएको बैशाखदेखि कारसहित केही मालवस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो, जुन मंसिर २८ सम्म निरन्तर छ। आयात प्रतिबन्ध फुकुवा भएसँगै सीजी मोटो कर्पले नयाँ इको भ्यानसहित अन्य विभिन्न नयाँ मोडलका कार ल्याउने जनाएको छ। 


प्रकाशित : बुधबार, मंसिर ७ २०७९०४:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend