बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

इनयाक ईभीसहित ५ नयाँ कार ल्याउँदै स्कोडा इन्डिया, इनयाक नेपाल पनि आउने

मंगलबार, कात्तिक २९ २०७९
इनयाक ईभीसहित ५ नयाँ कार ल्याउँदै स्कोडा इन्डिया, इनयाक नेपाल पनि आउने

फक्सवागन ब्रान्डबाट उति ठूलो सफलता नमिलेपछि सो ग्रुपले स्कोडा ब्रान्डलाई अघि बढाएको थियो। स्कोडाले भारतमा २.० प्रोग्राम ल्याएको थियो जनु निक्कै सफल भएको मानिन्छ। 

काठमाडौं- युरोपेली कार निर्माता कम्पनी स्कोडाले भारतीय कार बजारमा आफ्नो उपस्थितिलाई आक्रामक रुपमा विस्तार गर्ने भएको छ। कम्पनीले २०२३ भित्र विद्युतीयसहित ५ नयाँ कार बजारमा ल्याउने बताएको छ। 

फक्सवागन ग्रुपकै स्वामित्वमा रहेको स्कोडाले केही वर्षयता भारतमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको छ। फक्सवागन ब्रान्डबाट उति ठूलो सफलता नमिलेपछि सो ग्रुपले स्कोडा ब्रान्डलाई अघि बढाएको थियो। स्कोडाले भारतमा २.० प्रोग्राम ल्याएको थियो जनु निक्कै सफल भएको मानिन्छ। 

उक्त प्रोग्रामको सफलतापछि स्कोडाले नयाँ क्याम्पेनसहित १ वर्षमा ५ नयाँ कार ल्याउने घोषणा गरेको हो। स्कोडा इन्डियाले २.५ क्याम्पेन अन्तर्गत नयाँ कार ल्याउन लागेको हो। 

नयाँ मोडलको संख्या बढाउन स्कोडाले भारतमा नयाँ सुपर्ब, स्कोडाको नयाँ विद्युतीय कार इनयाक ईभी र स्कोडा अक्टिभा आरएस आईभी सार्वजनिक गर्ने छ। अक्टिभा र सुपर्ब भने भारतमा समेत आयात गरेर बिक्री गर्ने तयारी स्कोडाको छ। हाल भारतमा स्कोडाको कोडियाक एसयूभी धेरै बिक्री हुने कारमा पर्छ।

आगामी वर्ष दुई नयाँ सेडान कार सार्वजनिक भएपनि सेडानले स्कोडाको बिक्री बढाउने विश्वास कम्पनीको छ। चेक कार निर्माता कम्पनी स्कोडाले स्लाभिया र कुशाक एसयूभीको नयाँ भर्सन समेत २०२३ मै सार्वजनिक गर्ने छ। 

कुशाक एसयूभी नेपाली बजारमा समेत उल्लेख्य रुचाइएको कार हो। एमएडब्लू समूहले नेपाली बजारमा उपलब्ध गराउँदै आएको स्कोडाका कारको सर्भिस तथा स्पेयर पार्टको उपलब्धता राम्रो रहेको छ। समूहले युरोपेली एसयूभी चढ्न चाहने उपभोक्तालाई कार सहित गुणस्तरीय सेवा दिँदै आएको छ। 

स्कोडाको कोडियाक, कुशाक, र्‍यापिडलगायतका कार नेपाली बजारमा बिक्री हुँदै आएको छ। भारतमा नयाँ कार सार्वजनिक भएपछि ती कार नेपाली बजारमा समेत आउने छन्। भारतमा उत्पादन हुने बाहेकका स्कोडाका कार युरोबाट आयात हुँदै आएको छ। 

स्कोडाको विद्युतीय कार नेपाली उपभोक्तको पर्खाइमा रहेको कार हो। हाल नेपालमा पेट्रोलियम कारको आयात प्रतिबन्धमा छ, जुन मंसिर २८ सम्मका लागि कायम छ। सो प्रतिबन्ध उक्त मितिबाट समेत खुल्ने सम्भावना न्यून रहेको छ। विद्युतीय कारको आयातमा भने प्रतिबन्ध लगाइएको छैन। त्यस्तै विद्युतीय कारमा पेट्रोलियम कारको तुलनामा करसमेत कम रहेको छ। 

त्यस्तै स्कोडाले नयाँ कम्प्याक्ट एसयूभी समेत उत्पादन गर्ने तयारी गरेको छ। हुन्डाई भेन्यु, सुजुकी ब्रेजा, किया सोनेट, टाटा नेक्सन र महिन्द्रा एक्सयूभी ३०० सेगमेन्टका कारको माग भारत तथा नेपालमा उल्लेख्य रहेको छ। सोही कारण युरोपेली ब्रान्डमा यो सेगमेन्टका कम्प्याक्ट कार ल्याउने बताएको हो। 


प्रकाशित : मंगलबार, कात्तिक २९ २०७९०४:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend