सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

४० मेगावाटको माथिल्लो संखुवाखोला जलविद्युत आयोजनाको लागत ७ अर्ब ८८ करोड

सोमबार, कात्तिक २८ २०७९
४० मेगावाटको माथिल्लो संखुवाखोला जलविद्युत आयोजनाको लागत ७ अर्ब ८८ करोड

आयोजनाको विद्युतगृहबाट उत्पादित विद्युतलाई सोही स्थानको स्विचयार्डबाट २२० केभी प्रसारण लाइन मार्फत प्रस्तावित सितलपाटी सवस्टेशनमा पुर्‍याई राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।

काठमाडौं- माथिल्लो संखुवाखोला ४० मेगावाट जलविद्युत आयोजनामा ७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ लागत अनुमान भएको छ। यो आयोजना संखुवासभा जिल्लोको सिलिचोङमा पर्ने छ। जलविद्युत आयोजनाको प्रस्तावक ह्याप्पी इनर्जी प्रालि रहेको छ।

आयोजना रन अफ रिभर प्रकृतिको हो। यस जलविद्युत आयोजनामा प्रयोग गरीने जलस्रोत परिमाणको डिजाइन डिस्चार्ज ९.६१ घनमिटर प्रति सेकेण्ड र ग्रस हेड ४८४.५ मिटर रहेको छ।

यस जलविद्युत आयोजनाको वार्षिक ऊर्जा उत्पादन २३५.४० गिगावाट आवर (वर्षा याम- १६४.७७ गिगावाट आवर, सुख्खा याम-७०.६३ गिगावाट आवर) रहेको छ।

प्रस्तावित आयोजनाका मुख्य भागहरू संखुवाखोलाको बायाँ किनारमा अवस्थित छ। यस आयोजनाको नेट हेड ५०० मिटरको छ। हेडवर्क्स, सेटलिङ बेसिन, सेटलिङ बेसिन, हेडरेस पाइप, हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक टनेल, पेनस्टक पाइप, विद्युतगृह, टेलरेस क्यानल तथा प्रसारण लाइन यस प्रस्तावित आयोजनाका मुख्य भागहरू हुन्।

यस आयोजनाको विद्युतगृहबाट उत्पादित विद्युतलाई सोही स्थानको स्विचयार्डबाट २२० केभी प्रसारण लाइन मार्फत प्रस्तावित सितलपाटी सवस्टेशनमा पुर्‍याई राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १९ किलोमिटर सम्मको हुनेछ।


प्रकाशित : सोमबार, कात्तिक २८ २०७९०५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend