बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सर्वाधिक माइलेज दिने स्वीफ्ट र डिजायर बनाउँदै सुजुकी

सोमबार, कात्तिक २८ २०७९
सर्वाधिक माइलेज दिने स्वीफ्ट र डिजायर बनाउँदै सुजुकी

यो प्रविधिमा प्रतिलिटर पेट्रोलले ३५ देखि ४० किलोमिटर माइलेज दिने दाबी गरिएको छ। यो माइलेज हाल स्वीफ्ट र डिजायरले दिइरहेको माइलेजभन्दा दोबर हुनेछ। 

काठमाडौं- मारुती सुजुकी इन्डियाले नयाँ जेनेरेसनको स्वीफ्ट र डिजायर बजारमा ल्याउने भएको छ। कम्पनीले ल्याउने नयाँ स्वीफ्ट र डिजायरले सर्वाधिक माइलेज दिने दाबी गरिएको छ। 

कम्प्याक्ट ह्याचब्याक स्वीफ्ट र सव फोरमिटर सेडान डिजायरको नयाँ भर्सन २०२४ को सुरुवातमै  बजारमा आपुग्ने छ। बजारमा आउँदा यी दुई कार भारतकै सर्वाधिक माइलेज दिने कार हुनेछ। यी कारमा विश्वसनीय प्रविधियुक्त हाइब्रिड सिस्टम हुनेछ। 

कम्पनीले आन्तरिक रुपमा वाईईबीडी कोड नेममा यी दुई कारको निर्माण गरिरहेको छ। नयाँ स्वीफ्ट र डिजायरमा इन्जिनसमेत नयाँ नै हुने कम्पनीले जनाएको छ। यी दुवै कारमा १.२ लिटर ३ सिलिन्डर पेट्रोल इन्जिन हुनेछ।

भारतमा उत्पादन हुने सुजुकीका कारमा टोयोटाले विकास गरेको हाइब्रिड प्रविधि प्रयोग गर्ने सहमति दुई कम्पनीले गरेका छन्। नयाँ स्वीफ्ट र डिजायरमा पनि टोयोटाकै हाइब्रिड सिस्टम राखिनेछ। यो प्रविधिमा प्रतिलिटर पेट्रोलले ३५ देखि ४० किलोमिटर माइलेज दिने दाबी गरिएको छ। यो माइलेज हाल स्वीफ्ट र डिजायरले दिइरहेको माइलेजभन्दा दोबर हुनेछ। 

हालको स्वीफ्टले २२.५६ किलोमिटर प्रतिलिटर र डिजायरले २४.२ किलोमिटर प्रतिलिटर माइलेज दिँदै आएको छ। मारुती सुजुकी ग्रान्ड भिटारा र टोयोटा हाइराइडरले २८ किलोमिटर प्रतिलिटर माइलेज दिइरहेको छ। यी दुवै कार एकै प्लेटफर्मयुक्त हाइब्रिड प्रविधिको प्रयोग भएको कार हो। 

सुजुकीका कार नेपाली बजारमा समेत उल्लेख्य संख्यामा बिक्री हुँदै आएको छ। भारतमा बनेको, जापानी प्रविधिको प्रयोग भएको, सस्तो मूल्यमा गुणस्तरी कार पाइने, सर्भिस तथा स्पेयरपार्टसको सहज उपलब्धता लगायत कारणले सुजुकीका कार नेपाली उपभोक्ताको रोजाइमा पर्दै आएको छ। 

नयाँ प्रविधिको हाइब्रिड स्वीफ्ट तथा डिजाइर भारतमा सार्वजनिक भएलगत्तै नेपाली बजारमा पनि आउने नै छ। उच्च माइलेज दिने, टोयोटाको हाइब्रिड प्रविधि प्रयोग हुने भएकाले यी कार धेरैको रोजाइमा पर्नेछ। 

त्यस्तै मारुती सुजुकीले भारतमा लोकप्रिय अफ रोड कार जिम्नी बनाइरहेको छ। आगामी जनवरीमा भारतको नोयडामा हुने अटो एक्सपो २०२३ मा सुजुकीले पाँच ढोका भएको जिम्नी र प्रिमियम ह्याचब्याक कार बलेनोमा आधारित क्रसओभर कार सार्वजनिक गर्ने तयारीसमेत गरेको छ। उक्त अटो एक्सपोमा सुजुकीले अन्य केही नयाँ कार पनि सार्वजनिक गर्ने अनुमान गरिएको छ।


प्रकाशित : सोमबार, कात्तिक २८ २०७९०५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend