बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नबिल बैंकबाट टाटाका नेक्सन ईभी र टिगोर ईभीको २४ घण्टामै फाइनान्सिङ

आइतबार, कात्तिक २७ २०७९
नबिल बैंकबाट टाटाका नेक्सन ईभी र टिगोर ईभीको २४ घण्टामै फाइनान्सिङ

नबिल बैंकले टाटा मोटर्सका विद्युतीय कार किन्ने उपभोक्ताका लागि सरल र सहज रुपमा १२.९९ प्रतिशत ब्याजदरमा कर्जा दिनेछ।

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रडिङ र नबिल बैंकबीच टाटाका विद्युतीय कारको लागि सहज फाइनान्सिङ गर्ने सम्झौता भएको छ। बैंकले टाटाका विद्युतीय कारका लागि ८० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ। 

टाटाका विद्युतीय कार किन्ने योजना बनाएर बसेका उपभोक्ताका लागि नबिल बैंकले २४ घण्टा भित्रै ऋण उपलब्ध गराउने छ। टाटा मोटर्सले हाल नेपाली बजारमा नेक्सन ईभी र टिगोर ईभी बिक्री गर्दै आएको छ। 

नबिल बैंकले टाटा मोटर्सका विद्युतीय कार किन्ने उपभोक्ताका लागि सरल र सहज रुपमा १२.९९ प्रतिशत ब्याजदरमा कर्जा दिनेछ। कर्जाको सीमा ७ वर्षको हुनेछ। ऋण नेपाल राष्ट्र बैंकको नियमभित्र रहेर प्रदान गर्ने बैंकले जनाएको छ। 

bishwo 11111.jpg

भारतबाट आपूर्ति बढेकाले नेपाली बजारमा टाटाका नेक्सन ईभी खरिद गर्न चाहने उपभोक्ताले अब धेरै समय बुकिङ गरेर कुर्नु पर्ने छैन। सिप्रदीले नेपाली बजारमा एसयूभी सेगमेन्टको नेक्सन ईभी र सेडान सेगमेन्टको टिगोर ईभी उपलब्ध गराइरहेको छ। 

उच्च ग्राउन्ड क्लियरेन्स, अत्याधुनिक विशेषताका कारण भारत तथा नेपालमा नेक्सन ईभीको माग उल्लख्य रुपमा बढिरहेको छ। हाल नेपालमा टाटा नेक्सन ईभी सर्वाधिक बिक्री हुने विद्युतीय कार हो। 

सिप्रदीले विद्युतीय सवारी बिक्रीका साथै विद्युतीय सवारीको इकोसिस्टम निमार्णमा समेत लगानी गरिरहेको छ। उपत्यकासहित देशमा मुख्य सहर र राजमार्गहरुमा सिप्रदीले डीसी फास्ट चार्जिङ स्टेसन बनाइरहेको छ।

दर्जनौं स्थानमा फास्ट चार्जर जडान भइसकेको र अन्य थुप्रै स्थानमा चार्जिङ स्टेसन निर्माण गर्नेकाम भइरहेको कम्पनीले जनाएको छ।  


प्रकाशित : आइतबार, कात्तिक २७ २०७९१०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend