सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

चुनाव नजिकिएपछि बुटवल-नारायणगढ सडकखण्डको काममा बल्ल गति

प्रधानमन्त्रीको चासोपछि एकवर्षमा काम सक्ने चिनियाँ ठेकेदारको प्रतिवद्धता

मंगलबार, कात्तिक २२ २०७९
चुनाव नजिकिएपछि बुटवल-नारायणगढ सडकखण्डको काममा बल्ल गति

यही ठेकेदार कम्पनीले सिद्धबाबा सुरूङमार्ग र द्रुतमार्गको सुरूङमार्ग पनि बनाउने जिम्मा पाएको छ। तर, ती आयोजनामा पनि यो ठेकेदारले ढिला गरेर काम गरिरहेको छ।

नवलपरासी- चुनाव नजिकिएसँगै बुटवल-नारायणगढ सडकखण्डको कामले गति लिएको छ। सडक विभागले ठेकेदार कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिँदा पनि चासो नदिएपछि प्रधानमन्त्री  शेरबहादुर देउवाले नै चासो दिएर चिनियाँ ठेकेदार कम्पनीलाई दबाब दिइएका थिए।

प्राधानमन्त्री देउवाको उक्त्र दबादपछि ठेकेदार कम्पनीले निर्माणको कामलाई गति दिएको हो। ठेक्का सम्झौताको ४ वर्षे समय सकिन लाग्दा २० प्रतिशत मात्रै काम गरेको छ।

चुनाव आएसँगै नवलपरासी र नवलपुरका नेता तथा उम्मेदवारलाई जनताले प्रश्न उठाएपछि विशेषत कांग्रेस उम्मेदवारले प्रधानमन्त्री देउवालाई दबाब दिएका थिए। नवलपरासी क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार विनोद चौधरीले प्रधानमन्त्री र ठेकेदार कम्पनीलाई दबाब दिएका थिए।

‘प्रधनमन्त्रीकै दबाबपछि एक वर्षमा काम सम्पन्न गर्ने प्रतिबद्धता पछि ठेक्का तोडिएको छैन, अहिले काम धमाधम गरिरहेको छ,’ उम्मेवार चौधरीले भने। यो सडकखण्डको विस्तारका लागि बनाइएको दुवै प्याकेजको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो।

तर, ठेकेदारले सडकखण्ड विस्तारको कामलाई गति नदिँदा चार वर्षदेखि उक्त सडक यात्रा कष्टर बन्दै आएको छ। ‘हामीले प्रधानमन्त्रीलाई कि ठेक्का तोड्न लगाइदिनुस् कि काम गर्न लगाइदिनुस् भनेपछि ठेकेदार कम्पनी १ वर्षमै काम पुरा गर्न तयार भएको छ,’ चौधरीले भने। 

butwal narayanghat.jpeg

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल-नारायणगढ सडक ४ लेनको बन्ने भएको छ। विसं २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ६० वर्षपछि फराकिलो पार्ने काम सुरु भएपनि ठेकेदारको लापरबाहीले गति लिन सकेको छैन। 

नारायणगढ-बुटवल सडकखण्डको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४ किलोमिटर खण्डलाई ‘प्याकेज-१’ पूर्वीखण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई ‘प्याकेज-२’ पश्चिम खण्ड बनाएर सडक विस्तारको काम हुँदैछ। एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार भइरहेको सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँ छ।

गैंडाकोट-दाउन्ने खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने-बुटवलखण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ। २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो। तर, करिब ४ वर्षसम्म आयोजनाले सडक भत्काएर अलपत्र पार्ने काम मात्रै गरेको छ।

यही ठेकेदार कम्पनीले सिद्धबाबा सुरूङमार्ग र द्रुतमार्गको सुरूङमार्ग पनि बनाउने जिम्मा पाएको छ। तर, ती आयोजनामा पनि यो ठेकेदारले ढिला गरेर काम गरिरहेको छ।

सडकखण्ड हुँदै यात्रा गर्नेहरुले धुलो र हिलोको चरम सास्ती व्यहोर्नु परिरहेको छ। सडकखण्ड विस्तारमा ठेकेदार पक्षबाट चरम ढिलाइ र लापरबाही भएपछि विभागले ९ असोजमा ५ कात्तिकभित्र कार्यशैली सुधार्न भन्दै सार्वजनिक सूचना नै जारी गरेको थियो। काम सकिनुपर्ने अवधिमा २० प्रतिशत मात्रै काम भएको छ।

त्यसपछि पनि ठेकेदार कम्पनीले केही ठाउँमा सुधारका काम थालेको भएपनि अधिकांश खण्ड समस्याग्रस्त छन्। ११३ किलोमिटर लामो सडकखण्ड विस्तार गरी चार लेनको बनाउने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिइएको थियो। चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गत २२ साउन २०७९सम्म आयोजनाको सबै काम सक्नुपर्ने थियो।


प्रकाशित : मंगलबार, कात्तिक २२ २०७९०६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend