बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

एउटा चाइनिज ईभी स्टार्टअप जसले बनायो हृदयघातबाट बचाउने विद्युतीय कार

शनिबार, कात्तिक १९ २०७९
एउटा चाइनिज ईभी स्टार्टअप जसले बनायो हृदयघातबाट बचाउने विद्युतीय कार

यो कारमा त्यस्ता सेन्सर र क्यामेरा पिट गरिएको हुन्छ जसले चालकको शरीरका मुख्य अंगहरुको चललाई मापन गर्ने प्रणाली नै विकास गरिएको छ। उक्त प्रणालीले यदि चालकको शरीरका अंगहरुको चाल असामान्य पाएमा कारमा भएको आर्टिफिसियल इन्टेलिजेन्सले स्पिकर मार्फत चालकलाई जानकारी गराउने छ।

काठमाडौं- कारमा सामान्यतया दुर्घटनाबाट बचाउन एयरब्याग राखिएको हुन्छ। अन्य सुरक्षा विशेषताका रुपमा एबीएस, ईबीडी, सिटबेल्टलगायत त अनिवार्य नै छन्। पछिल्लो सयम सेन्सरमार्फत गति नियन्त्रणलगायत प्रविधिको पनि विकास भएको छ। 

तर एउटा कम्पनीले यस्तो विद्युतीय कार बनाएको छ जसले चालकलाई सम्भावित हृदयघाटबाट समेत बचाउने छ। चिनियाँ विद्युतीय सवारी स्टार्टअप कम्पनीले यस्तो विशेषता भएको कार बनाएको छ। विश्व कारको यत्रो भिडमा सो कम्पनीले बनाएको यो विशेषता ज्यादै उत्कृष्ट हो। 

रेनो एसएको स्वामित्वमा हरेको बियोनका नामक कम्पनीले हृदयघात जस्तो आपत्कालिन बिरामी अवस्थाबाट बचाउने कार बनाएको हो। कम्पनीका चीन प्रमुख सोह विमिङका अनुसार उक्त कारको उत्पादन २०२३ को पहिलो क्वाटरमा सार्वजनिक हुनेछ। 

कम्पनीले हालै सो कारको प्रोटोटाइप सार्वजनिक गरेको थियो। यो कारको डेलिभरी भने २०२४ बाट सुरु हुने कम्पनीले जनाएको छ। कम्पनीले ल्याउने कारको नाम जीटी ओप्स वान रहेको छ। यो कार मूल्यका हिसाबमा बीएमडब्लू सेमेन सिरिज, पोस्र्चको टाइक्यान सिरिज तथा चीनमा बिक्री हुने सुपर लक्जरी प्रिमियम ईभी सरह हुनेछ। 

बियोनका जीटी ओप्स वानको मूल्य १ लाख २३ हजार अमेरिकी डलरदेखि २ लाख २० हजार डलरसम्म पर्ने दाबी गरिएको छ। 

यो कारमा त्यस्ता सेन्सर र क्यामेरा पिट गरिएको हुन्छ जसले चालकको शरीरका मुख्य अंगहरुको चललाई मापन गर्ने प्रणाली नै विकास गरिएको छ। उक्त प्रणालीले यदि चालकको शरीरका अंगहरुको चाल असामान्य पाएमा कारमा भएको आर्टिफिसियल इन्टेलिजेन्सले स्पिकर मार्फत चालकलाई जानकारी गराउने छ। 

स्पिकरमार्फत आएको आवजलाई चालकले नसुने वा नसुने झै गरे उक्त कारमा भएको स्वचालित (अटोनोमस ड्राइभिङ) प्रणालीले चालकबाट कार आफ्नो नियन्त्रणमा लिनेछ। त्यसपछि कारलाई सुरक्षित तवरबाट चलाएर गन्तव्य वा नजिकैको पार्किङमा पुर्‍याउने छ। 

कार चालकको हालबाट स्वचालिन प्रणालीमा आएपछि कारमा भएको एआई (आर्टिफिसियल इन्टेलिजेन्स)ले भर्चुअल डक्टरसँग कारमा भएको स्मार्ट ककपिटमा बिरामीलाई कुरा गराउनेछ। 

कम्पनीका चीन प्रमुख सोहले आफ्नो कम्पनीले बनाएको कारमा विकास गरिएको प्रविधिले एक जनाको मात्र ज्यान बचाउन सक्यो भनेपनि त्यो नै धेरै ठूलो उपलब्धि हुने ब्लुम्बर्ग टीभीलाई बताएका हुन्। सोह १५ वर्ष फक्सवान चाइनामा काम गरेर गत वर्षमात्र रेनोमा गएका थिए। युरोपेली कार निर्माता फक्सवागनसँगै रेनाले पनि चिनियाँ बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाएको छ। रेनो चिनियाँ कम्पनी डोङफेङ मोटर ग्रुप कम्पनीको समेत रणनीतिक लगानीकर्ता हो। 

स्टार्टअप कम्पनी बियोनकाले बहुक्षीय रुपमा लगानीकर्ताहरु भित्र्याएको छ। कम्पनीले नयाँ कार परियाजनालाई १ अर्ब डलरभन्दा बढी लगानी जुटाएको हो। 

चीनका सुपर प्रिमियम सेगमेन्टमा विद्युतीय कार खोज्नेहरुका लागि यो कार उत्पादन भएको र चीनमा सफलता पाएपछि अन्तर्राष्ट्रिय बजारमा समेत यो कार लैजाने योजना कम्पनीको छ। तीनदेखि पाँच ड्राइभिङ मोडमा बन्ने यो कार वार्षिक करिब १ लाख वटा उत्पादन गर्ने दाबी कम्पनीले गरेको छ। 


प्रकाशित : शनिबार, कात्तिक १९ २०७९०७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend