बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

हिरो मोटो टेकको साझेदार गोगोरोले भारतमा सार्वजनिक गर्‍यो दुई विद्युतीय स्कुटर; ब्याट्री स्वापिङ सेवा, ६ सेकेन्डमै स्वाप गर्न सकिने 

शुक्रबार, कात्तिक १८ २०७९
हिरो मोटो टेकको साझेदार गोगोरोले भारतमा सार्वजनिक गर्‍यो दुई विद्युतीय स्कुटर; ब्याट्री स्वापिङ सेवा, ६ सेकेन्डमै स्वाप गर्न सकिने 

पहिलो चरणको पाइलट प्रोजेक्ट गुरुग्राम, दिल्ली, नोयडा, बैंलोर, फरिदावाद र गाजियावादमा कार्यान्वयन हुने गोगोरोले जनाएको छ।

काठमाडौं- ब्याट्री स्वापिङ प्रविधिको विकासकर्ता कम्पनी गोगोरोले भारतमा आफ्नो दुई नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। ताइवानी कम्पनी गोगोरोले स्कुटर, मोटरसाइकल तथा मोपेडका लागि हुने स्वापेवल ब्याट्री प्रविधिको विकास गरेको हो। 

ब्याट्री स्वाप प्रविधिसहित गोगोरो नयाँ विद्युतीय स्कुटर लिएर औपचारिक रुपमा भारत प्रवेश गरेको हो। ब्याट्री स्वापिङ प्रविधिसहित गोगोरोले आफ्नै विद्युतीय स्कुटर पनि ल्याएको छ। गोगोरोले आफ्नो इनोभेसनमै सवारी उत्पादन गर्न यामाहा र हिरो मोटोकर्पलाई समेत आग्रह गरेको छ। 

गोगोरोले भारतमा आएसँगै आफ्नो योजना समेत सार्वजनिक गरेको छ। कम्पनीले भारतमा जियप इलेक्ट्रिकसँगको साझेदारीमा काम गर्ने छ। गोगोरोले भारतमा सुरुमा केही सहरमा पाइलट प्रोजेक्टका रुपमा ब्याट्री स्वापिङ नेटवर्क बनाउने छ। 

पहिलो चरणको पाइलट प्रोजेक्ट गुरुग्राम, दिल्ली, नोयडा, बैंलोर, फरिदावाद र गाजियावादमा कार्यान्वयन हुने गोगोरोले जनाएको छ। भारतको राजधानी क्षेत्रसहितमा यो परियोजना आगामी महिनाबाट कार्यान्वयनमा आउनेछ। 

गोगोरोले बनाएको स्वापिङ प्रविधिमा विद्युतीय स्कुटरमा ब्याट्री स्वाप गर्न जम्मा ६ सेकेन्डमात्र लाग्ने दाबी गरिएको छ। ब्याट्री स्वापिङ स्टेसनमा फुल चार्ज भएका एक्सट्रा ब्याट्री हुने र स्कुटरमा भएको ब्याट्री निकालेर उक्त ब्याट्री स्कुटरमा राखिनेछ। यसमा लागि निश्चित पूर्वाधार निर्माण गर्नुपर्ने छ। पहिलो चरणमा गोगोरोले भारतमा सोही पूर्वाधार बनाउने भएको छ। 

मौसमले खासै प्रतिकुल प्रभाव नपार्ने गरि निर्माण हुने स्वापिङ स्टेसनबाट हरेक दिन २ सय ब्याट्री स्वाप गर्ने क्षमता हुनेछ। तथापी गोगोरो र जियपले भारतमा ल्याएको स्कुटर र त्यसमा प्रयोग हुने सेवाबारे भने केही खुलाएका छैनन्। 

गोगोरोले भारतमा सार्वजनिक गरेको विद्युतीय स्कुटर ११० सीसी पेट्रोलबाट चल्ने पेट्रोल स्कुटर सहर हुने दाबी गरेको छ। हाल सोकेस गरिएको गोगोरोको विद्युतीय स्कुटर आगामी वर्षमात्र बिक्रीका लागि उपलब्ध हुनेछ। 


प्रकाशित : शुक्रबार, कात्तिक १८ २०७९०७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend