बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

मारुती सुजुकी इन्डियाले पूरा गर्‍यो २ करोड ५० लाख कार उत्पादन

शुक्रबार, कात्तिक १८ २०७९
मारुती सुजुकी इन्डियाले पूरा गर्‍यो २ करोड ५० लाख कार उत्पादन

२०१८ को जुलाईमा आइपुग्दा मारुती सुजुकीले २ करोड कार उत्पादनको कोषेढुंगा पार गरेको थियो। मारुती सुजुकीको पहिलो उत्पादन प्लान्ट गुरुग्राम र हरियाणामा स्थाापना भएको थियो।

काठमाडौं- मारुती सुजुकी इन्डियाको कार उत्पादन २ करोड ५० लाख पुरा गरेको छ। उक्त संख्याको कार उत्पादन बुधबार पूरा भएको मारुती सुजुकीले जनाएको छ। 

जापानी कार उत्पादक कम्पनी सुजुकीसँगको संयुक्त उपक्रममा मारुती सुजुकी इन्डियाले कार उत्पादन थालेको थियो। मारुती सुजुकीले १९८३ डिसेम्बरमा भारतमा कार उत्पादन थालेको थियो। त्यसको १० वर्ष पूरा हुँदा १९९४ मार्चमा १० लाख कार उत्पादन गरेको थियो। 

त्यस्तै मारुती सुजुकीले २०११ मार्चमा आइपुग्दा १ करोड वटा कार उत्पादन गरेको थियो। भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी तथा आन्तरिक बजारामा करिब ५० प्रतिशतसम्म बजार हिस्सा मारुती सुजुकीले ओगटेको छ। अहिले भने मारुती सुजुकीको बजार हिस्सा करिब ४५ प्रतिशत रहेको छ। 

२०१८ को जुलाईमा आइपुग्दा मारुती सुजुकीले २ करोड कार उत्पादनको कोषेढुंगा पार गरेको थियो। मारुती सुजुकीको पहिलो उत्पादन प्लान्ट गुरुग्राम र हरियाणामा स्थाापना भएको थियो। हाल मारुती सुजुकीको गुरुग्राम र हरियाणामा रहेको दुई प्लान्टबाट वार्षिक १० लाख कार उत्पादन क्षमता पुगेको छ। 

मारुती सुजुकीले भारतमा बिक्री गर्ने कुल कारको १६ प्रतिशत हिस्सा यी दुई प्लान्टबाट उत्पादन हुने र करिब १ सय देशमा निर्यात समेत हुँदै आएको छ। 

२०२२ मा सुजुकीले भारतमा कार उत्पादनको साझेदारी गरेको ४० वर्ष पुरा भएको हो। यही वर्ष मारुती सुजुकीको उत्पादन २ करोड ५० लाख पुग्नुले सुजुकी र भारतीय जनताको साझेदारी निरन्तर रहिरहन थप बल पुगेको मारुती सुजुकी इन्डियाका एमडी तथा सीईओ हिसाशी टाकुचीले बताए। 

मारुती सुजुकीले भारतीय उपभोक्ताको चाहनाअनुसार नयाँ उत्पादन तथा प्रविधि ल्याउदै जाने उनको भनाइ छ। मारुती सुजुकी तथा सुजुकीले भारतमा विद्युतीय कार उत्पादनमा समेत ठूलो लगानीको घोषणा केही महिनाअघि गरेका थिए। 

सुजुकीका कार नेपाली बजारमा समेत उल्लेख्य संख्यामा बिक्री हुँदै आएको छ। सीजी होल्डिङस् अन्तर्गतको सीजी मोटो कर्पले सुजुकीका कार बिक्री गर्दै आएको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक १८ २०७९०५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend